धरान  / धरान–१५ स्थित केके इन्टरनेसलन स्कूलले पूर्व प्रधानाध्यापक डा. क्लारेन्स पीटरको स्मरणमा ‘शिक्षा सर्पोट कोष’ स्थापना गरेको छ । उहाँको स्मृतिमा क्लारेन्स पीटर शैक्षिक सपोर्ट कोषको औपचारिक घोषणा गरेको हो । उक्त कोषबाट रु. ५० हजार अपाङ्ग पुनस्थापन केन्द्र धरान–९ लाई हस्तान्तरण गरेको छ । केन्द्रका कार्यकारी निर्देक सुनिल खड्कालाई विद्यालयका प्रधानाध्यापक हरिश्चन्द्र बुडाथोकीले आइतबार चेक हस्तान्तरण गर्नु भएको थियो ।  

लामो समयदेखि शिक्षा क्षेत्रमा योगदान दिएकाले उहाँको सम्झनामा ‘एजुकेशन सर्पोट फन्ट’ बनाइएको विद्यालयका अध्यक्ष प्रविण अग्रवालले जानकारी दिनु भयो । 

डा. पीटरले सन् २०७८ देखि २०८० सम्म स्कूलमा सेवा गर्नु भएको थियो । क्यान्सर रोगले पिडित डा. पिटरको शुक्रबार साँझ मृत्यु भएको थियो । आइतबार विद्यालयले आयोजना गरेको श्रद्धाञ्जली सभामा विद्यालयका शैक्षिक निर्देशक रोविन सिएम, प्रअ बुडाथोकी, शिक्षक सौरव श्रेष्ठ, कक्षा १० की छात्र श्रेयाना मास्केले उहाँको योगदानबारे चर्चा गर्नु भएको थियो ।