काठमाण्डौं । यातायात मजदुरहरुले आइतबार देशका विभिन्न रचनात्मक कार्यक्रम गरेकाछन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ४६ औँ स्थापना दिवसको अवसरमा बसपार्क सरसफाई, रक्तदान, सडक सुरक्षा सचेतना कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरेको हो । 

काठमाण्डौंमा संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईको अगुवाईमा आइतबार बिहान कोटेश्वर चोकदेखि भाटभटेनीसम्म बुकिङ मजदुरहरुले सरसफाइ गरेका थिए । नेपाल यातायात स्वतन्त्र मजदुर संगठन काठमाण्डौं उपत्यका बुकिङ कमिटीले कार्यक्रम आयोजना गरेको थियो त्यस्तै संगठन सिनामंगल सफा टेम्पो इकाईको अगुवाईमा सिनामंगल टेम्पो पार्कमा, संगठन काठमाण्डौं जिल्ला सफा टेम्पो कमिटीले सुनधारा आसपासमा सरसफाइ गरेका थिए । 

त्यस्तै संगठन बुढानिलकण्ठ इकाई कमिटीले बसपार्कमा सरसफाइ गरिएको थियो आइतबार नै संगठन दाङ जिल्ला कमिटीले रक्तदान गरेको छ । कार्यक्रमा १८ जना मजदुरहरुले रक्तदान गरेका छन् भने बसपार्क सरसफाइ गरेका छन् । आइतबार नै संगठन लुम्बिनी प्रदेश कमिटीले सरसफाइ र रक्तदान कार्यक्रम सम्पन्न गरेको लुम्बिनी प्रदेश अध्यक्ष हुमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

 त्यसैगरी सुदूरपश्चिम प्रदेशको धनगढी टेंकर इकाई कमिटीले रक्तदान, सडक सुरक्षा सचेतना र स्वास्थ्य परिक्षण कार्यक्रम सम्पन्न गरेको र कन्चनपुर जिल्ला कसमटीले महेन्द्रनगर बसपार्कमा मजदुरहरुलाई राहत वितरण र बसपार्क सरसफाइ गरेको प्रदेश अध्यक्ष ललित चन्दले जानकारी दिनुभयो । 

त्यस्तै संगठन कोशी प्रदेश कमिटीले संगठन स्थापना स्थल पानीपियामा रहेको स्तम्भ सरसफाइ गरेको छ भने कोशी प्रदेशकै मेचीनगर कमिटीले बसपार्क सरसफाइ गरेको छ । 

२०३६ साल असार ९ गते सुनसरी जिल्लाको पानीपिया जंगलमा यातायात मजदुरहरुको हक, हित र अधिकारका लागि अग्रजहरुले नेपाल यातायात स्वतन्त्र मजदुर संगठन निर्माण गरेको थियो । संगठन स्थापना भएको दिनलाई प्रत्येक वर्ष संगठनले विशेष दिनका रुपमा मनाउँदै आइरहेको संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले बताउनुभयो । 

यसपटक सप्ताहव्यापी कार्यक्रम तय गरिएको राईले बताउनुभयो असार ९ गते देशव्यापी रक्तदान गरिने तयारी रहेको पनि राईले बताउनुभयो ।