- खगेन्द्र कार्की
सप्तकोसी । थारु संस्कृति संरक्षण संघ नेपाल सप्तकोसीले २५६९ औं बुद्ध जयन्ती विविध कार्यक्रम गरि मनाएको छ ।
सोमबार आयोजित विविध सास्कृतिक कार्यक्रममा मधेस प्रदेशका गृह संचार तथा कानुन मन्त्री राजकुमार लेखिले गौतम बुद्धको उपदेश हामी सबैको अनुकरणीय रहेको उल्लेख गर्नु भयो ।
थारु संस्कृति संरक्षण संघ नेपाल केन्द्रिय कमिटीका अध्यक्ष गयानन्द चौधरीको अध्यक्षता भएको कार्यक्रममा मन्त्री लेखीले गौतम बुद्धले देखाएको बाटो हिड्न सके मात्र हाम्रो समाज परिवर्तन गर्न सकिने बताउनु भयो । यो समाज हरेक जातजाती भाषा समुदायको साझा भएकाले बुद्धले देखाएको शान्तिको बाटो सबै जनाले अबिलम्बन गरेर हिडेमात्र यो मुलुकमा शान्ति तथा अमन चयन कायम रहने उहााको भनाई थियो ।
गणतन्त्र स्थापना पछि देशमा आमुल परिवर्तन र विकासले गति लिएकोले गणतन्त्रलार्इ संस्थागत गर्न सबै पक्ष एक भएर लागि पर्नु पर्ने मन्त्री लेखीले बताउनु भयो ।
२५६९ औं बुद्ध जयन्ती समारोह तथा विविध सास्कृतिक कार्यक्रमको अबसरमा सप्तकोसी नगरपालिका कम्युनिस्ट नेता तथा जेष्ठ नागरिक मुरारी कार्की र नेपाल पत्रकार महासंघ शाखा सप्तरीका सचिब खगेन्द्र कार्कीलार्इ कार्यक्रमका प्रमुख अतिथि लेखीले दोसल्ला ओढाएर सम्मानसमेत गर्नु भयो ।
कार्यक्रममा विभिन्न जनजाति थारु,नेवार, तामाङ, किरातलगायत समुदायको जातीय भेषभुषासहितको झाकी तथा नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट झाँकी तथा नृत्य प्रस्तुत गरिएका नेवार समुदायको लाखे नाच ,थारु समुदायको नृत्य तथा गायन तामाङ समुदायको तामाङ सेलोमा नृत्य गर्नेहरुलाइ पुरसकृतिसमेत गरिएको थियो ।
कार्यक्रममा सप्तकोसी नगरपालिका नगर प्रमुख कृष्णप्रसाद ढकाल, निवर्तमान नगर प्रमुख उत्तमकुमार शर्मा, जेष्ठ नागरिक मुरारी कार्की, नेपाल पत्रकार महासंघ सप्तरीका सचिब खगेन्द्र कार्की, सप्तकोसी नगरपालिका वडा न २ का वडा अध्यक्ष जाहिर हुसेन,त्रियुगा बहुमुखी सहकारीका अध्यक्ष चन्द्रशेखर चौधरीलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।