धरान  /  भोजपुर सुनसरी सेवा समाजको चौथो अधिवेशनले पुनः रेवतीरमण राईको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्य समिति गठन गरेको छ ।

धरानमा शनिवार धरान १८ मा भएको अधिवेशनले राईको नेतृत्वमा सर्ब सम्मत समिति चयन गरेको हो । प्रायः अघिल्लो कार्यकालका व्यक्तिहरुले फेरी दोहरिएका छन् । उपाध्यक्षमा प्रतापसिंह राई, भीमादेबि राई, सचिव भुवनसिंह बस्नेत, सह–स चिव गोपीनाथ योगी, कोषाध्यक्ष पोष्टराज राई र सहकोषाध्यक्षमा राजेन्द्र कट्टेल चयन हुनु भएको छ । उहाँहरु अघिल्लो कार्यकालमा पनि हुनुहुन्थ्यो ।

यस्तै  सदस्यहरुमा बद्री दाहाल, कुमार कार्की, देव प्रधान, लक्ष्मी प्रधान, समति राई, रुफिना राई, सुमित्रा राई(सन्जु), बलिन्द्रबहादुर बिक, लोककुमारी श्रेष्ठ, आनन्द अधिकारी, कुबिर राई, शिवराज श्रेष्ठ, राजकुमार कार्की, सुरज राई सर्बसम्मत चयन हुनुभएको छ । 

खम्बासिंह गुरुङको अध्यक्षतामा बनेको निर्वाचन मण्डलले उहाँहरुलाई सर्वसम्मत गरेको हो ।  उद्घाटन कार्यक्रममा भोजपुर सुनसरी सेवा समाजलाई योगदान गर्ने पूर्व अध्यक्ष निर्मला राई र साहित्यकार श्रवणकुमार राईलाई सम्मान पनि गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सभाका संस्थापक  सभामुख  प्रदीपकुमार भण्डारीले उहाँहरुलाई सम्मान गर्नु भएको थियो ।  

कार्यक्रममा पूर्व संघीय सांसद जयकुमार राई, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिसिन विभागका प्रमुख, डा.रबिन मास्के, डा. अविनास राई, समाजसेवी प्रकास राई, मणीराज राईलगायतको उपस्थिति रहेको थियो ।