धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी प्रतिष्ठानका रजिस्टार प्राडा सञ्जिमकुमार शर्माले पाउनु भएको छ । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकाल गत चैत २५ गते सकिए पछि प्रतिष्ठान उपकुलपतिविहीन भएको थियो।
यही वैशाख ४ गतेको निर्णय अनुसार स्वास्थ्य मन्त्रालयले शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो। प्रतिष्ठानको रेक्टर रहनुभएका शर्मालाई यहाँको शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्न निमित्त उपकुलपतिको जिम्मेवारी दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले अर्को उपकुलपति नियुक्त नगरुनजेल उहाँलाई जिम्मेवारी दिएको हो । शर्माले आइतबार नै कार्यभार जिम्मा लिनु भएको छ । डा गिरी नभएकाे प्राध्यापक पद लेखेर निलम्वमा परेका बेला पनि उहाँ निमित्तको जिम्मेवारी पाउनु भएकाे थियाे ।