काठमाण्डौ /  हामी धराने, काठमाण्डौले शनिबार नववर्ष २०८२ को शुभकामना आदान प्रदानको साथै चियापान तथा सम्मान कार्यक्रम गरेकाे छ ।उक्त्त समारोहमा संस्थाले धरानका अग्रज महिला समाजसेवी सरला कायस्था लाई सम्मान समेत गरेको थियो ।  

२०८० मा स्थापित संस्था हामी धराने, काठमाण्डौले धरानवासी तथा काठमाण्डौ लगाएतमा  बसोबास गर्दै आएका र धारानसंग प्रत्यक्ष तथा परोक्ष रुपमा संम्बन्ध भएका धरानेहरुलाई एकीकृत गर्दै समग्र रुपमा धरान र धरानबासीको हक हित र सशक्तिकरनका लागि आवाज उठाउदै आएको बताइएकाे छ

राजेन्द्र श्रेष्ठ बनेपालीको अध्यतामा तथा  डा. छत्र अमात्यको प्रमुख अतिथ्यता रहेको कार्यक्रममा विशेष अतिथिहरुमा मीनबहादुर विश्वकर्मा (पूर्व वाणिज्य मन्त्री) अशोककुमार राई (प्रतिनिधि सभा सदस्य, सुनसरी –१), त्यस्तै अतिथिमा युवा समाजसेवी तथा धरान एकता समाजका संरक्षक संदिप श्रेष्ठ लगाएत काठमाण्डौ तथा धरान बसोबास गर्ने लब्ध प्रतिष्ठित ब्यतित्वहरुको बाक्लो उपस्थिति रहेको थियो  । कार्यक्रम संयोजक शशी शर्मा पौडेलले अतिथिहरुलाई स्वागत मन्तव्यद्वारा स्वागत गर्नुभयो भने हामी धराने,काठमाण्डौका सचिव बिनोद श्रेष्ठ तखाछेंले कार्यक्रममा संचालन गर्नुभएको थियोे। 

वाक्ताहरुले नयाँ वर्षको शुभकामनाको साथसाथै धरानको प्रमुख समस्या खानेपानी लगाएतको बिषयमा समेत सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउनु भएकाे थियाे ।