धरान / सुनसरीको देवानगञ्ज -२ मा साेमबार साँझ ६ः४५ मा अज्ञात समुहले गोली चलाउदा  एक जना घाइते भएका छन् ।

गोली प्रहारबाट स्थानीय  शिवकुमार महतोलाई कम्मरदेखि मुनि गोली लागेर घाइते भएको प्रहरीले जनाएकाे छ । घाइतेकाे नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेकाे बताइएकाे छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रव क्ता एसएसपी भीम दाहालका उनका अनुसार अज्ञात समूहले मोटरसाइकलमा आएर तीन राउन्ड गोली प्रहार गरेको तर घटनाको कारण र अभियुक्तहरूको पहिचान सम्बन्धी थप अनुसन्धान भइरहेको बताए ।