धरान । धरान बास्केटवल संघको आयोजना, सुनसरी बास्केटवल संघको प्राविधिक सहयोग तथा धरान उपमहानगरपालिकाको संयोजनमा यही वैशाख ३ गते देखि १० औं बास्केटवल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सुरु हुने भएको छ ।

   बास्केटवल खेल विकास तथा खेलाडि उत्पादन गर्ने उद्देश्यले बास्केटवल संघले नियमित रुपमा ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्पको आयोजना गर्दै आइरहेको छ । विशेष गरेर एसर्इर्र्इ दिएका विद्यार्थी लक्षित कार्यक्रम भए पनि बास्केटवल सिक्न इच्छुक सवैलाई प्रशिक्षण क्याम्पमा सहभागि गराइने सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयाृे । ट्यालेन्ट हन्टमा सहभागी एसईई दिएका उत्कृष्ट विद्यार्थी खेलाडिहरुलाई भने धरानका विभिन्न कलेजमा छात्रवृत्ति सिफारिस गरिने बास्केटवल संघले जनाएको छ । 

 यस अघि ९ औ ट्यालेन्ट हन्टका करिव दुई दर्जन महिला पुरुष विद्यार्थीहरुलाई धरान मेघा हिमालयन कलेज र  डिपो स्कुलमा कक्षा ११ र १२ कक्षाका लागि छात्रवृक्तिमा सिफारिस गरेका थिए । अहिले उनीहरु विद्यालयवाट बास्केटवल खेल्दै अध्ययनसमेत गरिरहेको अध्यक्ष सुवेदीले जानकारी दिनुभयो । संघले अहिलेसम्म दुई सय भन्दा वढि खेलाडि विद्यार्थीहरुलाई निशुल्क छात्रवृत्तिमा अध्ययन गराइसकेका छन । प्रशिक्षण क्याम्प तीन हप्तासम्म चल्ने संघले जनाएको छ ।

प्रशिक्षण क्याम्प धरान १६ स्थित धरान रंगशालामा रहेको इन्डोर बास्केटवल कोर्टमा सम्पन्न हुने छ । विहान ६ वजे देखि ८ वजे सम्म चल्ने प्रशिक्षण क्याम्पमा सहभागिहरुलाई राष्ट्रिय बास्केटवल प्रशिक्षक बिकास चाम्लिङ राई, राष्ट्रिय बास्केटवल खेलाडि डा. आशा राई, कोशी प्रदेश बास्केटवल खेलाडि सुसन श्रेष्ठ, दिवस राई, आस्था राई, एल्भिना गुरुङ्ग, निवा लिम्ब, सितल तामाङ, युगल लिम्वु, चिरञ्जिवि गिरिलगायतले प्रशिक्षण दिनेछन ।