धरान । झुनास फिट्नेस एण्ड वेलनेश धरान १९ ले ११५ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मार्केट मार्च कार्यक्रमको आयोजना गरेको छ ।
फागुन २३ र २४ गते हुने मार्केट मार्चमा ३२ वटा स्टलहरु रहेकाछन् ।
स्टलमा महिलाहरुले उत्पादन गरेका हस्तकला, रेडिमेड उत्पादनहरु, विरुवा, रैथाने उत्पानहरु र जातिय परिकार र कोरिएन परिकारहरु रहेको झुनास फिट्नेस एण्ड वेलनेशका सञ्चालक तथा फिटनेश प्रशिक्षक झुना राईले बताउनु भयो ।
स्थानीय महिला दिदी बैनीहरुले सानो लगानीमा उत्पादन गरेका उत्पादनहरुलाई प्रवद्र्धन गर्ने उदेश्यले मार्केट मार्च गरेको सञ्चालक राईले बताउनुभयो । वहाँले भन्नुभयो यो चौथो मार्केट मार्च हो यसलाई विस्तारै परिमार्जन गर्दै लाने छौं ।
महिलाहरुको कामको अधिकार, समान ज्यालाको अधिकार, मताधिकारको अधिकार सहितको विद्रोहको इतिहास बोकेको ८ मार्चको इतिहासलाई स्मरण गर्दै महिलाहरुको मेहनत र संघर्षलाई प्रवद्र्धन गर्न मार्केट मार्च गरिएको सञ्चालक राईले बताउनुभयो ।
२० वर्षदेखि फिट्नेस प्रशिक्षकका रुपमा क्रियाशील राईले आफ्नै लगानीमा पाँच वर्षदेखि सञ्चालन गरेको झुनाज फिट्नेश एण्ड वेलनेशमा जुम्बा, एरोबिक, कार्डियो, स्पा, साउना, जिम, स्विमिङ र क्याफेको सेवाहरु दिइरहेको छ ।