धरान । आर्थिक ऐन २०८१ ले दिएको छुट सुविधोक सम्बन्धिमा जानकारी गराएर आन्तरिक राजस्व कार्यालय धरानले करदाताहरुलाई गरेको पत्रचारबाट व्यवसायी उद्योगीहरुमा अन्यौल तथा दुविधा भएको भन्ने गुनासोप्रति सुनसरी उद्योग वाणिज्य संघको ध्यानाकर्षण भएको जनाएको छ । 

संघका अध्यक्ष विजय श्रेष्ठले आइतबार विज्ञप्ति जारी गरि उद्योगी व्यवसायीहरुले वास्ताविक रुपमा बार्षिक आय विवरण बुुझाउन वाँकी भए भ्रामक हल्लाको पछि नलागि फागुन मसान्त भित्र बुझाएर छुट सुविधा लिन आग्रह गर्नु भएको छ । 

उहाँले आफ्नो व्यवसायीको बार्षिक आय विवरण एकिन गर्न आफै सक्ने भएकाले विभागको वेवसाइट भ्रमण गर्नसमेत विज्ञप्तिमा भनिएको छ । कुनै असहज भए राजस्व कार्यालयमा सम्पकृ गर्न संघले भनेको छ । व्यवसायीहरुले कर बुझाइसकेका भए तत्काल करचुक्ता प्रमण पत्र उपलब्द गर्नसमेत श्रेष्ठले राजस्व कार्यालयलाई आग्रह गर्नु भएको छ ।

सहजिकरणका लागि संघले सहायता कक्षसमेत संचालन गरिएको श्रेष्ठले जानकारी दिनु भयो । संघले व्यवसायीहरुको समस्याको समाधानका लागि राजस्व कार्यालयसँग सहकार्य गरिरहेकोसमेत व्यवसायीहरुलाई आस्वस्त पारेको छ ।