धरान / धरान–१६ स्थित युएन नवोदय कलेजले बीएचएमको प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई ल्यापटप वितरण गरेको छ ।
शुक्रबार कलेज परिसरमा विविध कार्यक्रमका बीच प्रथम सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूलाई डेल कम्पनीको ल्यापटप वितरण गरेको हो ।

बिएचएम अध्ययन गर्ने विद्यार्थीलाई प्रविधि आवश्यक पर्ने भएकाले ल्यापटप वितरण गरी अध्ययनलाई सहज बनाउनका लागि निःशुल्क रूपमा ल्यापटप वितरण गरिएको कलेजका प्राचार्य डम्बर तुम्बापोले जानकारी दिनु भयाे ।

 कार्यक्रमका कलेजका निर्देशक तथा कार्यक्रमका सभाध्यक्ष ज्ञानेश्वर झा, कलेजका प्रमुख डम्बर तुम्बापो, एचएम संयोजक गगनमान श्रेष्ठलगायतले ल्यापटप हस्तान्तरण गर्नु भएकाे थियाे। यसैबीच युएन नवोदय कलेजले नेपाल टप गर्ने विद्यार्थीलाई चार लाख रुपैयाँ पुरस्कार दिने घोषणासमेत गरेकाे छ। युएन नवोदय कलेजका विद्यार्थीहरू कोशी प्रदेश टपसम्म भएका छन् । उनीहरूलाई कलेजले नगदसहितको पुरस्कार वितरण गरेको थियो ।