धरान / राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कनमा सुनसरीका पालिका मध्य बराहक्षेत्र उत्कृष्ट भएको छ ।
वित्त आयोगले माघ ३० गते सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजा अनुसार सुनसरीका १२ स्थानीय तह मध्य बराहक्षेत्र नगरपालिका उत्कृष्ट भएको हो । आयोगले विभिन्न १७ वटा सुचकहरु राखेर कार्यसम्पाद मूल्याङ्क गदैं आएको छ । बराहक्षेत्रले १७ वटा सूचकबाट ६७ अङ्क प्राप्त गरेर जिल्लामा उत्कृष्ट भएको हो । दोश्रोमा इनरुवा नगरपालिका भएको छ । इनरुवाले ६१.४ अङ्क प्राप्त गरेको छ । हरिनगरा गाउँपालिकाले ५८ अङ्क प्राप्त गरि तेश्राे भएकाे छ । धरान उमपहानगरले ५६ अङ्क प्राप्त गरेर चाैथाे भएकाे छ । सवै भन्दा कमजोर इटहरी उपमहानगरपालिका देखिएको छ । उसले ३९.७ अंक मात्र प्राप्त गरेको छ । कोशी गाउँपालिकाले ४१.३, रामधुनी नगरपालिकाले ४९.१, भोक्राहा गाउँपालिकाले ४५.९, बर्जु गाउँपालिकाले ४४, देवानगञ्ज गाउँपालिकाले ४०, गढी गाउँपालिकाले ५२.२ र दुहवी नगरपालिकाले ४५.४ अङ्क प्राप्त गरेको छ ।
इलामको सूर्योदय नगरपालिका देशभरका पालिकामध्ये दोस्रो भएको छ । गत वर्ष जिल्लाको उत्कृष्ट भएको सूर्योदय यस वर्ष पनि ८०.२ अङ्क प्राप्त गरी जिल्लामा उत्कृष्ट हुँदै सात सय ५३ स्थानीय तहमध्ये देशभरमा दोस्रो भएको हो । देशभरमा ८१.७ अङ्क प्राप्त गरी डडेल्धुराको अमरगढी नगरपालिका उत्कृष्ट भएको छ ।