धरान / सवारी लाइसेन्सको आधिकारिकता जाँच गर्न अहिले कोशी र मधेश प्रदेशले स्मार्ट कार्ड रिडर मेसिन पाएको छ ।
ट्राफिक प्रहरीसँग देशभर ७ सय वटा ‘स्मार्ट कार्ड रिडर मेसिन उपलब्ध भएको छ । जसमा २ सय वटा ७ वटा प्रदेशलाई बाँडिएको छ भने काठमाडौं, भक्तपुर ललितपुरमा ५ सय थान राखिएको छ ।
यातायात व्यवस्था विभागका अनुसार बागमती प्रदेशका सबैभन्दा धेरै स्मार्ट कार्ड रिडर मेसिन रहेको छ । बागमती प्रदेशमा ७४ वटा स्मार्ट कार्ड रिडर मेसिन सञ्चालनमा रहेका छन् । सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा ९ वटा मात्रै स्मार्ट कार्ड रिडर रहेको छ । भने, सुदूरपश्चिम प्रदेशमा १३ वटामात्रै स्मार्ट कार्ड रिडर छ । मधेश प्रदेशमा २८ र गण्डकी प्रदेशमा १६ वटा, लुम्विनीमा ४५ वटा रकोशी प्रदेशमा १५ वटा पठाइएको छ ,
यातायात व्यवस्था विभागका निर्देशक गणेशमान सिंह हालसम्म ३८ लाख २६ हजार ६२१ वटा स्मार्ट लाइसेन्स वितरण गरिएको बताए । उनका अनुसार करिब ३० लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी छ ।
विभागबाट प्राप्त मेसिनहरु सबै प्रदेश कार्यालयहरुमा पठाइएसकेको उपत्यका ट्राफिक प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता एसपी सञ्जयबहादुर राउतले जानकारी दिनु भयो । परिक्षणका लागि ट्राफिक प्रहरीलाई तालिम दिएर पठाइएको उहाँले जानकारी दिनु भएको छ ।
ट्राफिक प्रहरीले सबै लाइसेन्स नभई शंका लागेको मात्र परीक्षण गर्न पाउने उहाँले बताउनु भयो । एउटा लाइसेन्स परीक्षण गर्न करिब ३५ सेकेन्ड लाग्छ । ट्राफिक प्रहरीले चेकिङका क्रममा कुनै स्मार्ट लाइसेन्स नक्कली हो भन्ने शङ्का लागेमा मात्रै चेक गर्न सक्छ ।
लाइसेन्स चेक गर्दा रिडर मेसिनबाट लाइसेन्स नम्बर, चालकको नाम, ठेगान र अन्य विवरण आउँछ । त्यो आएन भने न
क्कल िठहर्छ । चेकिङको समयमा लाइसेन्स चेक हुने गर्छ । स्मार्ट कार्ड लाइसेन्स परीक्षणमा सहजताका लागि यातायात व्यवस्था विभागले २ वर्षअघिबाट लाइसेन्स रिडर मेसिन दिएको थियो । यसले लाइसेन्समा भएको चिपलाई रिड गर्छ ।