धरान । शनिवारदेखि धरान रङ्गशालामा सुरु भएको २५ औं संस्करणको बुढा सुब्बा गोल्डकपमा लिग विजेता चर्च ब्बाइज विजयी भएको छ ।  लिगको तेस्रो पोजिसनमा रहेको नेपाल पुलिस क्लबलाई शनिबारको उद्घाटन खेलमा १–० गोलल हराउँदै चर्च ब्वाइज अन्तिम विजय यात्रा सुरु गरेको हो ।

खेलमा चर्च ब्वाइजका म्यान अफ दी म्याच सन्तोष खत्रीले निर्णायक गोल गर्नु भयो ।  दोस्रो हाफ सुरु भएको दुई मिनेट नबित्दै खत्रीले गोल गरी टिमलाई अग्रता दिलाएसँगे त्यही गोल जितका लागि निर्णायक भयो । 

चर्च ब्वाइजले यो प्रतियोगिताको एक खेलको उपविजेता हो भने नेपाल पुलिस क्लब बूढासुब्बाको सर्वाधिक विजेता टिम हो । उसले ५ पटक उपाधि जितिसकेको छ । उत्कृष्ट टिमको प्रतिसपर्धा हेर्न रङ्गशाला भरभिराउ थियो । 

प्रतियोगिताको उद्घाटन कोशी प्रदेश खेलकुद विकास समितिका प्रमुख परशुराम बस्नेतले उद्घाटन गर्नु भएको थियो ।  उहाँले बूढासुब्बा धरानको गोल्डकप मात्रै नभई यसले नेपालको फुटवल प्रतियोगितामा उच्च नाम राखेको बताउनु भयो । भारत, भुटान र नेपालका स्तरिय क्लव गरि ८  टिमको सहभागिता रहेको आइतबारको खेल आयोजक धरान र युके एफसी भारत विच हुने आयोजकले जनाएको छ ।