धरान / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी माघ १४ गते कोशी प्रदेशमा प्रवेश गरेकै दिन पत्रकारहरुले सोधेका प्रश्नमा समय आए पछि नेकपा एमालेको राजनीतिमा सक्रिय हुने कुरा सार्वजनिक गर्नु भयो । यो उहाँको अभिव्यक्ति सार्वजनिकसँगै मोरङ र सुनसरीका विभिन्न सार्वजनिक कार्यक्रममा सहभागितासँगै अनौपचारिक भेटघाट कार्यक्रममा सहभागिता जनाउनु भयो । शुक्रबार धरानस्थित पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसमा विद्यार्थीहरुले गरेको कार्यक्रममा सहभागि हुनु भयो । सोही दिन ४ बजे एमाले कार्यकर्ताहरुसँग धरान किचेनमा भेटघाट गर्नु भयो । पार्टी नेता कार्यकर्ताहरुको उत्साहजनक सहभागिता रहेको थियो । उहाँले नव निर्वाचित सुनसरी प्रेस चौतारीको टिमलाई बधाईसमेत दिनु भयो । कार्यकर्ताहरुको गुनासो सुन्नु भयो ।
उहाँ माघ १४ गतेदेखि २० गतेसम्मको पूर्वमा विभिन्न कार्यक्रममा सहभागि हुने कार्यक्रम तय भएको थियो । उहाँले विराटनगरमा अनेमसंघका कार्यकर्तादेखि पत्रकार, महेन्द्र मोरङ क्याम्पसका बैज्ञानिकदेखि राजनीतिक कार्यकर्तासम्मलाई समय मिलाएर भेटघाट गर्नु भयो । उहाँलाई भेट्ने फोटो खिच्ने र फेसबुकमा पोस्ट गर्नेहरुको संख्या बढेको छ ।
जनता मावि इटहरीको अभिभावक दिवसमा उहाँ माघ १६ गते सहभागि हुनु भयो । सोल्टी होटल र विराटनगरको बिग होटलमा कार्यकर्ताहरुसँग छलफल गर्नु भयो । उहाँले मनमोहन विश्वविद्यालयको अनुगमन, बुद्धिजीवि परिषद्सँगको भेटघाट तथा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको अनुगमन, मदन भण्डारी प्रतिष्ठानको कार्यक्रममासमेत सहभागि हुनु भयो । यस्तै उहाँको सुनसरीको धरान, मोरङको झोराहाट र विराटनगरस्थित एलिट क्लबमा भएको भेटघाटमा एमाले कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । शनिवार इटहरीस्थित नेपाल टेलिभिजनको बार्षिकउत्सवमा सहभागिता जनाउनु भयो । आज विराटनगर बसेर आइतबार काडमाडौ फर्कने कार्यसूची रहेको उहाँको सचिवालयले जनाएको छ ।
उहाँले एमालेमा फर्कने भनने अभिव्यक्तिले कार्यकर्ताहरु उत्साही भएर उहाँलाई भेट्न पुगेका थिए । अरु बेला पार्टीमा निष्कृय भएकाहरु पनि भण्डारीलाई भेट्न पुगेको धरानका उक नेताले बताए । कार्यकर्ताहरुको माहौल कस्तो छ भनेर पूर्वमा बुझने काम भएको बताइएको छ ।