धरान । धरानको खानेपानीको समस्यालाई समाधान गर्न  तमोरबाट पानी ल्याउनु पर्ने पुर्व राष्ट्रपति विद्यादेवि भण्डारीले सुझाउनु भएकाे छ ।

धरानमा आज नेता, कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले धरानको खानेपानी समस्याको हल तमोरबाट पानी ल्याएमा मात्र हुने बताउनु भयाे । 

पानी पिउनको लागि शुद्ध तमोरको टनेलको माध्यमबाट ल्याउन सके सुनसरी, मोरङ र झापा गरि तीन जिल्लालाई पिउनसँगै र सिंचाइ गर्न लागि समेत पुग्ने उहाँकाे भनाई थियाे ।

धरानदेखि करिब चार किलो मिटरको टनेलबाट पानी ल्याउन सकिने सम्भाव्यता अध्ययन भइसकेको र त्यसको लागि धरानका स्थानीय सरकारले पहल गर्नुपर्ने उहाँले बताउनु भयाे ।

प्रदेश सरकारले धरान- मुलघाट सुरूङ मार्ग सम्भव्यता अध्ययनका लागि बजेटसमेत विनियाेजन गरेकाे थियाे ।

धरानमा खानेपानीकाे हुँदै आएकाे छ ।  पानीकाे बहस भइरहेका वेला पूर्व राष्ट्रपति भण्डारीले यस्ताे बाेल्नु भएकाे हाे ।  भण्डारी केही दिनदेखि पूर्वका विभिन्न  कार्यक्रममा सहभागी जनाउदै आउनु भएकाे छ । कार्यक्रममा सहभागितासँगै एमाले पार्टी नेता तथा कार्यकर्ताहरूलाई भेट्दै आउनु भएकाे छ ।उहाँले सक्रिय राजनीतिमा जाने संकेतसमेत गर्दै आउनु भएकाे छ  ।