विराटनगर / नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेले २०३६–०४६ सम्मको आन्दोलनलाई समेटेर ‘कमरेड हिजो र आज’ पुस्तकको लेख्नु भएको छ ।
उहाँले एक बर्ष समय लगाएर पार्टी राजनीतिकसँग जोडिएका घटनाहरु, सो घटनामा संंलग्न करिव ४ सय पात्रहरुका विषयहरु पुस्तकमा समेटिएको छ ।
उहाँका अनुसार पुस्तकमा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारी, गिरीजाप्रसाद कोइराला, जननेता मदन भण्डारीलगायत ४ सय पात्रहरु रहेको घिमिरेले बताउनुभयो । ‘पुस्तकले विशेषगरि झापा, मोरङ र सुनसरीको राजनीतिलाई केन्द्रीत गरेको छ । हिजो उच्च योगदान भएका र हाल पछि परेकाहरुको पुस्तक मार्फत परिचय गराउन कोशिस गरिएको छ ।’–उहाँले भन्नु भयो । २०३६–०४६ आन्दोलनका समयका पात्रहरुका बारेमा शोध गर्न चाहनेहरुका लागि पुस्तक उपयोगी श्रोत हुने घिमिरेको भनाई छ ।
पुस्तकको आगामी शनिबार विराटनगरमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा पुस्तकको विमोचन गर्ने कायृक्रम तय भएको उहाँले जानकारी दिनु भयो । पुस्तकको विमोचनका अवसरमा पुस्तकमा समेटिएका पात्रहरुलाई सम्मानसमेत गरिने कार्यक्रम रहेको छ ।