धरान  । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अङ्कोलोजी (क्यान्सर) युनिट, बर्न (जलेको) युनिट तथा फार्मेसी युनिटको विहीबार उद्घाटन गरिएको छ ।

भवनको उद्घाटन  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गर्नु भयो । उहाँले ‘सानातिना प्रक्रियामा नअल्झिकन काम र नजितातर्फ अगाडि बढ्नका लागि सुझाव दिनुभएको छ । उहाँले सुरु गर्न लागिएको क्यान्सर अस्पताल नेपाल कै सबै भन्दा ठुलो हुने दावी गर्नु भयो । 

कार्यक्रममा धरान उपमहानगरका मेयर तथा प्रतिष्ठानका सिनेट सदस्य हर्कराज राईले प्रतिष्ठानमा राजनीति नगर्न सुझाव दिनुभएको थियो । यहाँ भएको समस्या समाधान गर्न मन्त्रीको ध्यानाकर्षणसमेत गराउनु भयो । 

उद्घाटन कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेललगायत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधिज्यूहरु, प्रतिष्ठानका तर्फबाट  उपकुलपति डा. ज्ञानेन्द्र गिरीलगायतको उपस्थिति रहेको थियो । 

प्रतिष्ठानका उपकुलपति डा. गिरीले स्वागत गदैं प्रतिष्ठानको गरिमा र स्वास्थ्य सेवा अझ प्रभावकारी पार्न एउटा अझ नयाँ कोसेढुंगा थपिएको बताउनुभयो । 

प्रतिष्ठानको लगानीमा निर्मित उक्त भवनमा भुईतल्लामा फार्मेसी सेवा सञ्चालन ल्याइएको छ । पहिलो तल्लामा क्यान्सरका विरामीहरुको उपचारका लागि २० शैयाको वार्ड सञ्चालनमा ल्याइने उपकुलपति डा. गिरीले बताउनुभयो । विगत केहि वर्षदेखि प्रतिष्ठानको मेडिसिन वार्डमा राखेर क्यान्सर रोगीहरुका उपचार गरिदै आइएको छ । सो सेवालाई अझ प्रभावकारी र चुस्तदुरुस्त रुपले सञ्चालन गर्न छुट्टै वार्ड सञ्चालनमा ल्याइने उहाँले बताउनुभो । त्यसैगरी, दोश्रो तल्लामा विभिन्न कारणले जलेर आएका विरामीहरुको उपचारका लागि जलन केन्द्र सञ्चालनमा ल्याइएको छ । यस अघि प्रतिष्ठानमा जलेर आएका विरामीहरुलाई जेनेरल सर्जरी विभाग अन्तर्गत बहिर¨ तथा अन्तर¨ सेवा प्रदान गर्दै आएको भएता पनि उक्त सेवालाई अझ प्रभावकारी र चुस्तदुरुस्त रुपले सञ्चालन गर्न छुट्टै वार्ड सञ्चालनमा ल्याइदैने प्रतिष्ठानले जनाएको छ । 

नेपाल सरकारले देशको सातै वटा प्रदेशमा एक एक  जलन क्न्द्र स्थापना गर्ने नीति लिए अनुरुप प्रतिष्ठानले सेवा प्रदान गर्नेछ । नेपाल सरकारको निर्देशन बमोजिम नै २५ शै्याको जलन केन्द्र सञ्चालनमा ल्याइए पछि नेपालकै सबैभन्दा ठूलो जलन केन्द्र हुने बताइएको छ ।  

प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा सञ्जीवकुमार शर्मा र रजिष्ट्रार प्राडा सूर्यप्रसाद सङ्ग्रौला भने भवन उद्घाटन कार्यक्रममा सहभागी हुनु भएन । 

पदाधिकारीहरु विचै नै कुरा नमिले पछि तीन दिन अघि उद्घाटन गर्ने भनिए पनि क्यान्सिल गरिएको थियो । हाल उद्घाटन गरिएको भवनको लागत मूल्य २ करोड रुपैयाँ रहेकोमा सम्पन्न अवधिसम्म १३ करोड रुपैयाँ पुगेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टङ्गालमा मुद्दा विचाराधिन अवस्थामा छ । सोही विषयलाई लिएर रजिष्टार सग्रौलाले हाल उद्घाटन गर्न नहुने तर्क गदैं आउनु भएको थियो । औषधि खरिदमा पनि अस्पताल निर्देशक डा. जगत नारयाणले एकलौटी ढङ्गबाट काम गरेको भन्दै माघ ६ गते भएको कार्यकारी समिति (कास) मा विवादसमेत भएको प्रतिष्ठान श्रोतले बताएको छ । 

प्रतिष्ठानको उक्त भवन पूर्व उपकुलपति प्राडा बलभद्रप्रसाद दासको पालामा निर्माण सुरु भएको थियो । त्यो बेलादेखि यो मुद्दा अख्तियारमा परेको थियो । भवन निर्माणलगायत डिजाइनको समयमै पनि आर्थिक अनियमितता भएको भनी मुद्दा परेको थियो ।