धरान /  नेपाल मै सबै सबै भन्दा बढी धावकहरु सहभागी गराएर देशविदेशमा चर्चा कमाएको धरान रन समुहले आफ्नो १३ औं संस्करणको नेवा च्यारीटी तथा धरान १० के रन आगामी फागुन महिनामा गर्ने भएको छ । 

धरान रनका अध्यक्ष रमु राईले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी फागुन १० गते प्रतियोगिता आयोजना गरिने जानकारी दिनुभयो । विस २०६८ सालमा स्थापित धरान रनले स्थापनाकाल देखि नियमितरुपमा प्रत्येक शनिबार यलम्बर पार्क–तीनकुने रुटमा साप्ताहिक दौड कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । यस वाहेक हरेक वर्ष फागुन महिनामा “धरान १० के रन नेवा च्यारेटी“ दौड प्रतियोगिता गर्दै आएको छ । त्यही निरन्तरताको यो १३ संस्करण भएको अध्यक्ष राईले जानकारी दिनु भयो । 

उक्त धरान रनमा राष्ट्रिय तथा अन्तराष्ट्रिय धावकधाविकाहरुको उल्लेखणीय रुपमा सहभागिता हुने आयोजकले जनाएको छ । धरानको भानुचोकबाट सुरु हुने उक्त दौड प्रतियोगिताको दुरी १० किमी रहने छ भने औसतमा ४ हजार जना भन्दा बढि धावकधाविकाहरुको सहभागीता हुने आयोजकका दावी छ । 

उक्त दिन एउटा उत्सवका रुपमा मनाउन लागिए आयोजकले जनाएको छ । खेलकुदमय, जनचेतनामुलक कार्यक्रमसहित व्हील चेयर रेस पनि गरिने छ  दौड रुट अनुसार विहान ठिक ७ः३० बजे पुतलीलाइन देखि दौड शुरु भई देशीलाईन, पुरानो बजार, पिण्डेश्वर मन्दिर, विजयपुर चौक, हातिसार क्याम्पस, रेडक्रस भवन, अमरहाट कभर्ड हल, जिरो प्वाइन्ट, जानकी चोक, धरान रंगशाला चौक, गणेशमान चौक, पानी टंकी,  मंगलबारे, कल्याण चोक, रत्न चोक बुद्धचोक दुर्गा चोक हुदै पुतली लाईन, भानुचौकमा आई समापन हुने राईले जानकारी दिनु भयो । 

राष्ट्रिय तथा अन्तरराष्ट्रिय धावकधाविकाहरु सहभागी हुने यस च्यारेटी प्रतियोगिताबाट संकलित रकम अपाङ्ग असहाय महिला बालबालिकाको स्वास्थ्य र शिक्षाको लागि अक्षयकोष खडा गरि सहयोग गर्दै आएको छ ।

आयोजकका अनुसार प्रथम नेवा च्यारेटी ८ कि मी रन २०६९ बाट संकलित रकम शारीरिक अपाङ्गता भएकी साहित्यकार लक्ष्मी राईको सहयोगार्थ २ लाख ५० हजार दिई किरात राई यायोक्खाको सहकार्यमा ४ लाखको अक्षय कोष खडा गरिएको थियो । दोस्रो नेवा च्यारेटी ८ कि मी रन २०७० बाट संमित दुव्यसनी महिलाहरुको निम्ति दृष्ट्रि नेपाल संस्थाको ह्यापि होमका लागि १ लाख ७७ हजार सहयोग गरिएको थियो। “तेस्रो नेवा च्यारेटी २०७१ बाट धरान पाजेंटिम समुहमा रहेका संक्रमित बालबालिकाको शिक्षाको लागि १ लाख ५० हजार प्रदान गरिएको थियो ।

त्यस्तै चौथो नेवा च्यारेटी २०७२ बाट विभिन्न ५ सस्था अनि विरामीको निम्ति २ लाख प्रदान गरिएको थियो त्यस्तै “पाची नेवा च्यारेटी रन २०७३ बाट उठेको रकम बाट २ लाख ५० हजार शिक्षाको निम्ति अक्षय कोष खडा गरि २४ जना जेहेन्दार सामुदायिक विद्यालयको विद्यार्थीहरुको पढाई खर्च, पोशाक, कापीकलम, ब्याग, जुत्ता अनि वार्षिक शुल्कमा खर्च गरिएको थियो ।

च्यारेटी रनबाट उठेको रकमबाट अक्षयकोषलाई ३ लाख ५० हजार थप गर्दै ६ लाख बनाएको अध्यक्ष राईले जानकारी दिनुभयो । धरान १० के रन सातौ नेवा च्यारेटी २०७५ शिक्षाको निम्ति उठेको रकम ४ लाख थपि जम्मा १० लाख को अक्षय कोष स्थापना गरिएको छ।

धरान १० के रन–आठौं नेवा च्यारेटी २०७६ बाट उठेको रकम १ लाख ८२ हजार थप गरि कुल अक्षयकोष रकम ११ लाख ८२ हजारबाट आउने व्याजबाट सामुदायिक विद्यालयको २४ जना जेहेन्दार विपन्न विद्यार्थीहरुको पढाई खर्च, पोशाक, कापीकलम, ब्याग, जुत्ता अनि वार्षिक शुल्कमा खर्च गरिदै आएको धरान रनले जनाएको छ । 

धरान रन कार्यलय, भानुचोकबाट पनि दर्ता गर्न सकिनेछ त्यस्तै विधार्थीको समूहको लागि ४०० दर्ता शुल्क तोकिएको छ भने अन्य समूहका लागि माघ सम्म रु ५०० रहनेछ । फागुन १ गते देखि पूर्णरुप दर्ता बन्द गरिने आयोजकले जानकारी दिएको छ ।  आयोजकका अनुसार प्रतियोगितामा १६ देखि ३९ सम्म उमेर समुहका खुल्ला दौड समुहमा प्रथम, दोस्रो, तेस्रो हुने विजयी पुरुष महिला धावकधाविकालाई जनही पुरस्कार राशी कमशः ६० हजार,४० हजार र ३० हजार प्रदान गदिनेनेछ । त्यस्तै १२ बर्ष मुनिका उमेर समुहकालाई प्रथम, दोस्रो, तेस्रो हुने विजयी पुरुष ÷ महिला धावकधाविकालाई पुरस्कार राशी कमशः रु ७ हजार ५ हजार र ३ हजार प्रदान गरिनेछ ।

६० वर्ष देखि माथिका उमेर समुहमा पुरुष महिला प्रथम हुने विजयी धावकधाविकालाई पुरस्कार राशी ५ हजार दिईने छ भने धरानका स्थानिय जावकधाविकालाई प्रोत्साहन स्वरुप प्रथम हुने पुरुष महिलालाई आकर्षक पुरस्कार दिईने आयोजकले जनाएको छ ।