धरान / प्रेस सेन्टर सुनसरीको पाचौ अधिवेशनले तीर्थ कार्कीको अध्यक्षतामा सर्वसम्मत जिल्ला समन्वय कमिटी चयन गरेको छ ।
शुक्रवार धरानमा भएको अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उहाँ दोश्रो कार्यकालका लागि पुन अध्यक्षमा चयन हुनु भएको हो ।
समितिको उपाध्यक्षद्धयमा लक्ष्मी दंगाल, दिलबहादुर राई चयन हुनु भएको छ । त्यसैगरी समितिको सचिवमा विनोद विश्वकर्मा र सहसचिवद्धयमा रस्मी प्रधान र सुवास खत्री र कोषाध्यक्षमा गणेश तिम्सिना चयन हुनु भएको छ ।
समितिको सदस्यहरुमा अनिश वस्नेत र सुमित थापा चयन हुनु भयो । ११ सदस्यीय समितिमा निर्वाचित समितिको पहिलो वैठकले २ जना मनोनित गर्ने नव निर्वाचित अध्यक्ष तिर्थ कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा सेन्टरका केन्द्रीय उपाध्यक्ष प्रमुख अतिथि विवेक गौतम, केन्द्रीय सदस्य श्रीशिशा राई, कोशी प्रदेश उपाध्यक्ष राजन समिप, धरान नगरपालिकाका उपमेयर अइन्द्र विक्रम वेघा, नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर कमिटीका अध्यक्ष उद्धव लिम्वु, प्रेस चौतारी सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेल, नेपाल प्रेस युनियन सुनसरीका अध्यक्ष ध्रुर्व ढकाल, नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष सन्तोष काफ्ले लगायतले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।
त्यसैगरी निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक विदुर महत, प्रेस सेन्टरका केन्द्रीय सदस्य जनकऋषि राई लगायतका कार्यकाल सफलताको शुभकामना दिनुभयो । सोही अवसरमा नेपाल पत्रकार महासंघको निर्वाचनमा सेन्टरबाट जिल्ला कार्यसमितिमा निर्वाचित विनोद विक र प्रदेश परिसर सदस्यमा निर्वाचित धनकुमार राई (मिलन)लाई सम्मान गरीएको थियो ।