धरान / धरान–१५ मा रहेको दृष्टीविहीहरुले अध्ययन गर्ने पूर्वाञ्चल ज्ञान चक्षु विद्यालयको ४८ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।
आइतबार विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने ९ जना चन्दादाताहरुलाई सम्मानसमेत गरिएको छ । सरकारले सहयोग गरे पनि उक्त विद्यालय चन्दादाताबाट संचालन हुदैं आएको छ । सन्तोषकुमार सोनी, श्यामकुमार राई, मनिष प्रधान, लक्ष्मी बाँनिया, रजिन आम्वुहाङ, पुस्कर जोशी दिव्यराज लिम्बु, रोमण अधिकारी, प्रविण केशी, एलिना रायमाझी र धनमाया फाण्डेसनलाई सम्मान गरिएको थियो । प्रमुअ अतिथि राईले दोसला ओडाएर सम्मान गनुृ भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजमणी निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यपक प्रमोद भण्डारीले विद्यालायको प्रगत्ति विवरण, गत बर्षको आय व्यय र एक बर्षे कार्ययोजना प्रस्तुत गर्नु भयो ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभाका सदस्य विजयकुमार राईले फरक क्षमता भएका विद्यार्थीहरुले देखाएको कलाबाट प्रभावित भएको बताउनु भयो । कार्यक्रममा विद्यार्थीहरुले गित नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा १५ नं. वडाका वडाध्यक्ष नरेसकुमार इवाराम, नेकपा एमाले सुनसरी जिल्ला सदस्य नारायण सुवेदी, १५ नं. वडाका अध्यक्ष ज्ञानेन्द्र बस्नेत, धरानका विद्यालयहरुका प्रअ, चन्दादाता, विभिन्न संघसंस्थाका प्रतिनीधिहरुको सहभागीता रहेको प्रअ प्रमोद भण्डारीले जानकारी दिनु भयो ।
कक्षा १० सम्म अध्यायपन हुने विद्यालयमा ७० जना फरक क्षमता(दृष्टिविहीन) भएका विद्यालयहरुलाई आवाससहितको व्यवस्था छ । उनीहरुको व्यवस्थापनका लागि विभिन्न चन्दादाताहरुले सहयोग गदैं आएको छन् ।