धरान । धरान संगीत जात्रा सांस्कृतिक महोत्सवमा आज आइतबार गायिका ज्योती मगरको प्रस्तुती रहेको छ । धरान १५ स्थित बगरकोटमा आज साँझ गायिका मगरलाई प्रस्तुत गरिने नेचर क्लव धरानका अध्यक्ष कृष्ण राईले जानकारी दिनुभयो ।

गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रवद्र्धन मूल नाराका साथ पुस ७ गते प्रारम्भ भएको महोत्सवको आठौं दिन आइतबार दर्शकहरुको मागका आधारमा नेपालकै सबैभन्दा बढी रुचाइएका युवा पुस्ताका गायिका ज्योती मगरलाई धरान ल्याइएको राईले जानकारी दिनु भयो । 

क्लवका अनुसार सोमबार अनमोल गुरुङ, मंगलबार समिर श्रेष्ठ (फिचरिङ गुड बोइज) बुधबार नयाँ वर्षको अवसरमा ट्राइवलरेन र वर्षा कर्माचार्यले प्रस्तुती दिने छन् ।  

धरान उपमहानगर १५ नम्बर वडा समितिको संयोजनमा पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेचर क्लव धरान, निशान त्रिभ्याली टोल विकास संस्था मूख्य आयोजक र त्रिवेणी महिला समुह सह आयोजक रहेको छ ।