धरान  / डिपोट माविले संचालन गदैं आएको  ललितअम्वर  डिपो कपको १९ औं संस्करणको तयारी पुरा भएको आयोजकले जनाएको छ । 

बुधबार विद्यालयमै पत्रकार सम्मेलन गरि सम्पूर्ण तयारी भएको जनाएको हो । प्रतियोगिता पुस १२ गतेदेखि सुरु हुदैंछ । सुनसरी फुटवल संघका अध्यक्ष नविन राईले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

कक्षा ५ सम्मका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाइने विद्यालय स्तरिय प्रतियोगितामा १६ टिमले सहभागिता जनाएको विद्यालयका प्रधानाध्यपक राजकुमार राईले जानकारी दिनु भयो । यस्तै नटआइट खेलमा आउट हुनेहरुको लागि स्व. दिलबहादुर प्लेट च्याम्पियन हुने पनि उहाँले जानकारी दिनुभयो । 

प्रतियोगिताका उपाधि विजेताले नगद ११ हजार १ सय ११ रुपैया, दोस्रोले नगद ७ हजार १ सय ११ र तेस्रो हुनेले नगद ५ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर लिम्बुले जानकारी दिनुभयो । 

सानै उमेर खेलकुदमा रुची राख्ने बालबालिकालाई प्रोत्सोहान गर्न प्रतियोगिता नियमित गदैं आएको विद्यालयले जनाएको छ ।