धरान  / सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ कोशी  प्रदेश समितिले प्रदेशमा सामुदायिक विद्यालयको उन्नती प्रगति भएका समस्या र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको भूमिकाबारे प्रदेश सरकारलाई अवगत गराउने भएको छ । 

शनिवार धरानको पब्लिक हाइस्कुल महासंघका कार्यबाहक अध्यक्ष हरी कार्कीको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई भेटी अवगत गराउने निर्णय गरेको हो । 

सो विषयमा अवधारण पत्र तयार गर्न सामुदायिक विद्यालय व्यवस्थापन महासंघ पथरी शनिश्चरे नगर समितिका अध्यक्ष युवराज बास्कोटालाई जिम्मेवारी दिएको अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।  बैठकले प्रदेश भरी नगरमा बनेको महासंघका समितिहरुविच  यही पुस २६ अन्र्तक्रिया गर्नेसमेत निर्णय गरेको छ । यस्तै फागनु  भित्रै झापा जिल्ला सम्मेलन गर्ने निर्णय समेत गरेको छ । जिल्ला सम्मेलन तयारीका लागि युवराज बाँस्कोटाको सयोजकत्वमा तयारी समिति बनाइएको अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।