धरान । उदयपुरको बेलका नगरपालिका ९ का १५ महिने आरोह खड्काको शनिबार चिकित्सिकको लापरबाहीले मृत्यु भएको आफन्तले बताएका छन् ।

झाडापखालाको समस्या देखिएपछि शुक्रबार राती ११ बजे उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । चिकित्सकहरुको बेवास्ता रलापारवाहीले मृत्यु बालकको मृत्यु भएको भन्दैं बालकका बुवा मोहन खड्काले ड्युटीमा रहेका चिकित्सकलाई  कारवाही गर्न अस्पताल प्रशासनलाई निवेदन दिनु भएको छ । 

मृतकका पिता मोहन खड्काका अनुसार केही दिन अगाडी पनि बालकलाई अस्पताल ल्याइएको थियो । तर चिकित्सकले ठिक हुन्छ भने पछि गत पुस ३ गते घर लगिएको थियो । बालकको समस्या झन झन बढे पछि पुन शुक्रबार राती अस्पताल भर्ना गरिएको उहाँले बताउनु भयो । 

झाडापखालाको समस्या जारी रहेको जानकारी गराउँदा पनि इमर्जेन्सीमा खटिएका चिकित्सकले बालकको स्वास्थ्य गम्भीर नरहेको भन्दै उपचारमा हेलचेक्र्याइँ गरेका थिए। चिकित्सकले “बच्चा हाँसिरहेको छ, केही हुँदैन” भन्दै भन्दैं अलमलाए । लगातार अनुरोध गर्दा पनि बच्चालाई हेरेनन । पछि गलत औषधि दिएर बच्चालाई मारे । बालकका बáा खड्काले भन्नुभयो । 

बालकको असामयिक मृत्यु भएपछि शोकाकुल परिवार र आफन्तले अस्पताल प्रशासनसँग जवाफ मागेका थिए। घटनाबारे ध्यानाकर्षण भएको भन्दैं चिकित्सक दोषी देखिए कारवाही गरिने प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले बताउदैं आइतबार छलफल प्रशासनमा बोलाएको बताइएको छ । आइतबार पीडित परिवारसहितको सहभागितामा घटनाबारे छलफल गरिने उहाँले जानकारी दिनु भयो । 

यस विषयमा पीडितले चिकित्सकको लापारवाहीले बाककको ज्यान गएको भनेर प्रशासनमा उजुरी दिएको र त्यस विषयमा आइतबार विहान ८ बजे छलफल राखिएको प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजितकुमारले जानकारी दिनु भयो । 

पीडित परिवारले छानबिन गरि दोषी चिकित्सकलाई कडा कारवाही गर्न माग गर्नु भएको छ । यो घट्नाले विपी प्रतिष्ठानको चिकित्सकीय जिम्मेवारी प्रति प्रस्न उठने बताउदैं पीडितका आफन्तले छानविन हुनुपर्ने बताएका छन् ।