धरान / धरानमा जारी मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिताको उपाधी आयोजक धरान मेघा कलेजले जितेको छ ।
धरान मेघा कलेजको आयोजनामा शुक्रबार भएको फाइनल खेलमा आयोजक धरान मेघा कलेजले होलिल्याण्ड इन्टरनेसनल स्कुललाई थप समयमा ६२–५९ अंकको अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।
मेघाले उपाधीसँगै नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । निर्धारित समय सम्ममा दुवै टिमले ५५–५५ बरावर अंक जोडे पछि चार मिनट समय थप गरिएको थियो । थप समयमा धरान मेघाले ७–४ अंगको अग्रता लिदै उपाधी जितेको हो ।
उपबिजेता होलिल्याण्ड स्कुलले नगद १२ हजार ५ सय रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगिताको मोस्ट भ्यालुएबल प्ल्यरको उपाधी आयोजक धरान मेघाकै प्रशान्त तामाङ घोषित हुनु भयो । यस्तै उदयीमान खेलाडी राइजिङ प्लेयरको उपाधी मेघा कै सिजन गुरुङ्ले पाउनु भयो । विजेता खेलाडीहरुलाई धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्रविक्रम बेघा धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्ब, सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदी, रेवाहाङ रुछेन्बुङ स्मृती प्रतिष्ठानका अध्यक्ष रेवतिरमन राई, धरान १८ वडा अध्यक्ष प्रविण राई, वडा सदस्य जमुना त्रीखत्री मोक्तानलगायतको वितरण गर्नु भएको छ ।