धरान । कोशी राजमार्गको सेउती खोलाको पुलदेखि पानीपीयासम्म जंगल क्षेत्रका सडक बनाइ नसकिदैं पिस भत्किन थालेको छ । सेउतीबाट तरहरातर्फ जाने देब्रे तर्फको सडक करिव दुर्इ महिना अघिबाट खोलिएको भए पनि अहिलेदेखिनै भत्किन सुरु भएको हो । सेउतीदेखि पानीपियाबीचका सडकका ११ स्थानमा भत्किएको पाइएको अनुगमनमा सहभागीहरुले बताएका छन् ।
सुस्त गतिमा निर्माण गरिएको उक्त सडक नागरिकहरुको चर्को दवाव पछि गत वर्षदेखि मात्रै एकतर्फि सुचारु भएको र पछिल्लो समय दुवैतर्फि गरिएको भएपनि यति चाँडै भत्किन थालेपछि पुन नागरिकहरुले आवाज उठाउन थालेकाछन् ।
बुधबार इन्जिनियरहरु सहित, कोशी प्रदेश सभा सदस्य रमेशकुमार बस्नेत, विजयकुमार राई, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, नेकपा (एमाले) सुनसरी सदस्य नारायण सुवेदी, नेकपा (एमाले) धरान नगर अध्यक्ष हर्कजंग एभेङ, नेपाल काँग्रेस धरान नगर सभापति श्यम पोखरेल, धरान १८ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण) तथा सञ्चारकर्मीहरुको टोलीले सेउतीदेखि तरहरासम्मको सडकको अनुगमन गरेका थिए ।
अनुगमनका क्रममा टोलीमा सहभागी इन्जिनियर मिथिलेश महतोका अनुसार सडकमा प्राविधिक त्रुटीहरु व्यापक रहेकाछन् सडकका धेरै स्थानमा सेग्रिगेशन (सडकको प्याचिङ खाल्डो) भएको छ । यसो हुनुमा विटविन् ९अलकत्रा० र डस्ट (ढुङ्गाको धुलो) कम भएको वा तापक्रम नमिलाइएकोले भएको बताउनु भयो ।
सडकको पिच उकिएको र मसिना मसिहना टुक्रा उडेको अवस्था छ अब यसलाई सच्याउनका लागि ठुला खाल्डा भएका सडकको भागलाई चारैतिरबाट कटिङ गरेर प्याचिङ कम्पेक्शन गर्नु पर्ने महतोले जानकारी दिनुभयो ।
टोलीमा सहभागी अर्का इन्जिनियर डि क्षेत्रीले यति ठुलो र अरबौँको आयोजनामा सडक विभागमा मात्रै भर परेकाले यस्तो गम्भिर कमजोरी भएको यहाँको भनाई छ । उहाँले भन्नुभयो, यो आयोजनालाई अनुगमन गर्न कल्सल्टेन्ट नियुक्त गरिनु पर्नेमा त्यसो नहुँदा यस्तो लापरवाही भएको छ ।
इन्जिनियरहरुका अनुसार कोशी राजमार्गको सडकको मोटाई १०० एमएम हो अहिले विछ्याइएको पिच ६० एमएमको हुनुपर्नेमा त्यसको मोटाइ समेत कम रहेको र हाल रहेको ६ं० एमएमको (डिभिएम) मै सडको पिच भत्किनु गम्भिर त्रुटी रहेको औल्याएकाछन् ।
उनिहरुका अनुसार अब डिभिएममा थप ४० एमएमको अक्सपाल्ड पिच थपिने भए पनि डिभिएममै पिच भत्किएपछि अक्स्पाल्ड पिचमै पनि समस्या आउने प्राविधिकहरुको भनाई छ ।
सडक डिभिजन कार्यालय विराटनगरका डिइ राजेन्द्र साहले प्राविधिक कमजोरी भएको बताउदैं सुधार गर्ने बताउनु भएको छ । पानी परेको समयमा चिसो अक्स्पाल्ड पिच विछ्याइएकाले यो त्रुटि भएको हो हामीलाई सुधार्ने मौका दिनु पर्छ, डिइ साहले भन्नुभयो ।
प्यासिफिक हिमदुङ्गा जेबी, काठमाण्डौं मुख्य ठेकेदार कम्पनी रहेको भएपनि पानीपीया सेउती पुलसम्मको काम भने मल्ल कन्स्ट्रक्शनले गरिरहेको छ । मुख्य कम्पनीका प्रोप्राइटर ठाकुरप्रसाद कँडेल भने सम्पर्कमा आउनु भएन ।
मल्ल कन्स्ट्रकशनका प्रमुख प्रेम मल्लले कोशी प्रदेश सांसद विजयकुमार राईसंग कुराकानी गर्दै भने पिच गरे लगतै हेभी सवारीहरु छाडिदिएकाले पिच भत्किएको बताउँदै प्राविधिक रुपमा बलियो हुनेगरी सुधार गरिने बताउनुभएको छ ।
साइड इन्जिनियर अर्जुन साहले जनताको गुनासो आउन नदिनेगरी सडकलाई निर्माण गर्ने बताएको प्रदेश सभा सदस्य रमेश बस्नेतले जानकारी दिनुभयो । उहाँहरुले डिइ, ठेकेदारलाई अनúमन स्थलबाटै फोन सम्पर्क गर्नु भएको थियो । जनताको व्यापक गुनासोपछि अनुगमनमा आएकाले यस्ता कमजोरीले समाजमा समस्या उत्पन्न गराउने बताउँदै देखिनेगरी सुधार हुनुपर्ने सांसद राईले बताउनु भयो । माननीय रमेशकुमार बस्नेतका अनुसार हाल रहेको सडकको कोर कटिङ गरेर ल्याव परिक्षणपछि मात्रै बाँकी काम सुचारु गर्नु पर्ने प्रस्ट पार्नु भयो ।
त्यस्तै माननीय विजयकुमार राईका अनुसार जनसरोकारका यस्ता गम्भिर विषयहरुमा सरोकारी पालिका र जनप्रतिनिधिहरुको समेत सहभागीतामा पिचको काम गर्नु पर्ने बताउनु भयो । त्यस्तै धरान १८ का अध्यक्ष प्रविण राईले यो लापरवाहीका कारण जनता जनप्रतिनिधिबीचको सम्बन्धलाई विवादमा ल्याउने गरेको बताउनु भएको छ ।