धरान / धरानका उदयमान बास्केटवल खेलाडी स्व. रेवाहाङ रूछेन्चुङ राईकाे सम्झानामा  यही पुस पहिलाे हप्ता धरानमा विद्यालय स्तरिय तेश्राे यु १८ धरान मेघा रेवाहाङ मेमारियल अन्तर कलेज बास्केटवल प्रतियाेगिता हुने भएकाे छ ।

धरान मेघा कलेजकाे आयाेजना र रेवाहाङ रून्छेन्वुङ राई स्मृति प्रतिष्ठान धरान तथा धरान बास्केटवल संघकाे व्वस्थापनमा प्रतियाेगिता गर्न लागिएकाे आयाेजकले आइतबार पत्रकार सम्मेलन गरि जानकारी दिएकाे छ ।

आयाेजक कलेजका अध्यक्ष कैलास लिम्बुका अनुसार प्रतियाेगितामा १२ वटा टिमले सहभागिता जनाउने छन् । प्रतियाेगितामा कक्षा १२ सम्मका १८ बर्ष मुनीका विद्यार्थीहरू सहभागी हुने छन् ।

विजेता टिमलाई नगद २५ हजार, उपविजेतालाई नगद १२ हजार पाँच सयसहित ट्रफी, मेडल र प्रमाण प्रदान गरिने प्रतियाेगिता संयाेजक तथा बास्केटवल प्रशिक्षक विकास चाम्लिङ राईले जानकारी दिनु भयाे ।

साेही अवसरमा थ्री पाेइन्ट प्रतिस्पर्धासमेत हुने छ । एक मिनेटमा सबै भन्दा बढी बास्केट गर्ने खेलाडीलाई पुरस्कृत गरिने आयाेजकले जनाएकाे छ । पत्रकार सम्मेलनमा रेवाहाङका पिता रेवतीरवण राई माता सुजता राई, धरान बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी अग्रज पत्रकार हर्ष सुब्बा, मजदुर नेता भीमज्वाला राई, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषी राईलगायतकाे उपस्थितिरहेकाे थियाे ।