धरान । हिबिस्कस इड.लिस वोडिड. स्कुलका विद्याथीहरुले आफ्नो खाजा खर्चको रकम जोगाएर पुनस्थापना गृहलाई सहयोग गरेकाछन् ।

विद्यार्थीहरुले धरान १ स्थित छाता चोक अस्पतालको पुनस्थापना गृहमा  १० हजार बराबरको खाद्यान्न सहयोग गरेका हुन् । 

हिविसकस बाल क्लवकी अध्यक्ष निनाम्मा राईले खाजा खर्चबाट कटौति गर्दा पनि कसैको भोक मेटाउन सकिन्छ भने गरौ भन्ने भावनाबाट सवैले मिलेर सहयोग गरेको वताउनु भयाे । 

सवैले दैनिक खाजा खर्चबाट थोरै रकम वचाउदा पनि असहायहरुलाई सहयोग गर्न सहेकोमा आफूलाई खुशी लागेको अध्यक्ष राईको भनाई रहेको छ ।

राईका अनुसार क्लवले ५० किलो चामल, एक काटुन पोष्टमेन तेल, दाल, चाउचाउ, सावुन लगायतका सामाग्री गरेर करिव १० हजार वरावरको खाद्यान्न सहयोग गरेको जानकारी दिनु भयाे।

नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले खाजा खर्चबाट वचाएर मानवीय तथा सामाजिक कार्य गरेको प्रति पं्रशंसा व्यक्त गर्दै राम्रा कामको अनुशरण जो सुकैले पनि गर्न सकिने वताउनु भयाे ।

बाल क्लवका अध्यक्ष निनाम राईले पुनस्थापना गृहका सञ्चालक भीम राईलाई खाद्यान्न सामाग्री  हस्तान्तरण गर्नु भएकाे थियाे ।

आफ्ना स्कुृलका विद्यार्थीहरुले खाजा खर्च बचाएर सामाजिक कार्य गरेकोमा गर्व लागेको स्कुलका निर्देशक गंगाराम राईले वताउनु भयाे।

गृहका संचालक भीम राईले साना विद्यार्थीहरुको सामाजिक कामकाे प्रशंसा गर्नु भयाे । केन्द्रमा वृद्ध वृद्धा वालवालिका र अपा.ग गरी ३२ जना रहेक छन् ।