धरान / नेकपा एमाले १५ नं. वडा कमिटीले वडामताहतका टोल कमिटीहरु चलायमान बनाउन पुर्नगठन कार्यलाई तिव्रता दिएको छ । ३२ वटा टोल कमिटीमध्य ९ वटा कमिटी पुनर्गठन भएको नेकपा एमाले १५ नं. वडा अध्यक्ष ज्ञानेन्द्र बस्नेतले जानकारी दिनु भयो । 

शनिवार नेकपा एमाले केन्द्रीय सदस्य मञ्जु भण्डारीको उपस्थितिमा अमृत टोल कमिटी पुनर्गठन गरिएको छ । कृष्णबहादुर लिम्बुको अध्यक्षतामा १३ सदस्य टोल कमिटी गठन गरिएको हो । 


कमिटीको उपाध्यक्षमा डिल्लीबहादुर खत्री, सचिवमा कुमार मगर, सहसचिवमा दिपक विष्ट निर्वाचित हुनु भएको छ । यस्तै सदस्यहरुमा जीवन एभेङ, रीता श्रेष्ठ, लक्ष्मी बस्नेत, सुनकेश्रा मल्ल, सीता विष्ट, गंगा विष्ट, अम्विका गौतम, सीता विष्ट, अजय साह, बमबहादुर मगर रहनु भएको छ । नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा १५ नं. वडा इञ्चार्ज राजमणी निरौलाले नयाँ कमिटीलाई सपथ गराउनु भयो । 

धरान उपमहानगरपालिकाको पूर्व उपमेयरसमेत रहनु भएकी केन्द्रीय सदस्य भण्डारीले पार्टीको नीति सिद्धान्त र कमिटीहरुको भूमिकाबारे अवगत गराउनु भएको थियो । टोलमा युवाहरु लागुऔषध दुव्र्यसनीमा फस्दै गएकाले टोल कमिटीहरुले रचनात्मक काम पनि गर्नु पर्ने बताउनु भयो ।  

कार्यक्रममा नेकपा एमाले आदीवासी जनाजाती समन्वय विभाग कोशी प्रदेश सदस्य तथा १५ नं. वडाध्यक्ष नरेश इवारामले नेकपा एमाले नेतृत्वले २०७४ सालदेखि अनवरत  जनताको सहयोगमा विकास निर्माणका कामलाई तिव्रता दिएको बताउनु भयो । उहाँले एमालेबाट निर्वाचित मञ्जु भण्डारी कार्यवाहक मेयर भएको बेला संघ प्रदेशसँगको समन्वयमा ठूलो गौरवका योजनाहरु सम्पन्न भएको अवगत गराउनु भयो । आडा लाइनको सडक, पुराना बजारको सडक भण्डारीको पहलमा संघबाट बजेट ल्याएर बनाइएको उहाँले बताउनु भयो । उपमहानगरको हालको नेतृत्वले संघ र प्रदेशसँग समन्वय नगरेका कारण हाल भने विकास निर्माणमा शुन्यता छाएको वडाध्यक्ष इवारामले प्रष्ट पार्नु भयो । टोलवासीहरु हातोमालो गरेर आफुहरु वडाको विकास गर्ने उहाँले प्रतिवद्धता जनाउनु भयो । 

मंसिर १५ गते भित्र सबै टोल कमिटीको अधिवेशन सकेर वडा कमिटीको अधिवेशन गर्ने तयारी गरिएको वडाका कार्यवाहक सचिव रुपक श्रेष्ठले जानकारी दिनु भयो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा ५ नं. वडा इञ्चार्ज डिके लामिछाने, नं. १ क्षेत्र क का सचिव श्रेष्ठ, धरान उपमहानगरपालिककाकी कार्यपालिका सदस्य सृर्जना नेपाल, वडा सदस्य रङगलाल गिरीलगायतको उपस्थिति रहेको थियो । 

rajmani