धरान / पब्लिक हाइस्कुल धरानको विज्ञान विषयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको रक्त समूह छुट्याउने तालिम प्रदान गरिएको छ । 

विद्यार्थीहरुको रगत समुह र त्यसको महत्वबारे विद्यार्थीहरुलाई जानकारी दिन तालिम आयोजना गरिएको विज्ञान तथा इलेक्टिक इञ्चार्ज मोहन श्रेष्ठले जानकारी पिदनु भयो । 

पाठ्यक्रममा पनि समावेश भएकाले प्रयोगात्मक अभ्यास गराउन तालिम आयोजना गरिएको विद्यालयले जनाएको छ । कक्षामा विज्ञान शिक्षक किशोर चौधरीले रक्त समूहको बारे जानकारी, ए, वि, एवि र ओ रक्त समूहबारे जानकारी दिनु भएको थियो ।  विद्यार्थीहरूले रक्त परीक्षणका विभिन्न विधिहरू जस्तै एंटीबॉडी र एंटीजनको प्रयोग गरी ब्लड ग्रुप परीक्षण गरे । ल्याव एसिष्टेन्ट योगिता गुरुङले ब्लड ग्रुपिङ्ग गर्न सानो समूहमा अभ्यास गर्न सहयोग  गर्रेनु भएकाे थियाे । शिक्षकद्वारा रक्त सञ्चार, रक्तको दान र प्राप्तिका बारेमा पनि विस्तृत व्याख्या गरिएको थियो । प्रयोगात्मक कक्षाले विद्यार्थीहरूको ज्ञानलाई थप सुदृढ बनाउने काम गरेको छ ।

विद्यालयका प्रधानाध्यापक डा. इन्द्रमोहन झाले विद्यार्थीहरुको प्रयोगात्मक अभ्यासका लागि निरन्तर यस्ता कार्यक्रमहरु गरिरहने बताउनु भयो । तालिममा एक सय भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।