धरान /  धरानको विजयपुरस्थित आइडियल इङ्लिस बोर्डिङ स्कूलकी विद्यार्थी प्रिया बोहोरा अन्तर्राष्ट्रिय युवा आदान प्रदान कार्यक्रम अन्र्तगत डिजर्ड सफारी कार्यक्रममा सहभागी हुने अवसर पाउनु भएको छ । 

भारतको राजस्थानमा यही कात्तिक २९ देखि मंसिर १० गतेसम्म हुने कार्यक्रममा सहभागी हुने अवसर पाउनु भएको विद्यालयका भाइस प्रिन्सिपल मनोज गुरुङले जानकारी दिनु भयो ।  विद्यालयले वडाध्यक्ष कृष्ण भट्टराईकाे उपस्थितिमा विदाईसमेत गरेकाे छ । 

विद्यालयका अनुसार नेपाली सेनाकाे राष्ट्रिय सेवा दलकाे हेडक्वाटर  काठमाडौंमा १५ दिनको तालिम २८ गतेसम्म हुने छ । उक्त तालिम पछि उहाँ भारतमा हुने कार्यक्रममा सहभागी जनाउनेहुने छ । नेपालबाट १६ जना विद्यार्थी उक्त कार्यक्रमका लागि छानिएकाे  विद्छयालयका प्निन्सिपल सागर खड्काले जानकारी दिनु भयाे  । कार्यक्रममा  सहभागीताका लागि  व्यवस्थापन नेपाली सेनाले गर्ने छ । 

कक्षा १० मा अध्ययनरत बोहोरा नेपाली सेनाले संचालन गदैं आएको राष्ट्रिय सेवा दल(एनसीसी) कार्यक्रम अन्तर्गत ४९ औं जुनियर डिभिजन तालिमकी उत्कृष्ट सहभागी हुनुहुन्छ । नेतृत्व कला र व्यक्तित्वकलामा निपूर्ण बोहोरा विद्यालयकी मेधावी छात्रा हुन । उक्त कार्यक्रममा राष्ट्रिय सेवा दलमा आवद्ध विभिन्न देशका युवाहरुले आफ्नो देशकोबारे प्रस्तुती दिने बताइएको छ । 

manoj 1