धरान  / धरानको कृषी उपज बजारमा यो बर्षको दसैंमा औसत १२ करोडको खसी बोकाको कारोवार भएको छ । 

दसैं आउनु भन्दा करिव एक महिना अघिदेखि दैनिक कृषी बजारको पशु हाटमा खसी बोकाको विक्रि वितरण भएको कृषी उपज बजार व्यवस्थापन समितिले जनाएको छ । 

अन्य समय प्रत्येक शुक्रबार लाग्ने हाट दसुैंमा भने नियमित भएको थियो । कृषी उपज बजार व्यवस्थापन लक्ष्मण भट्टराईका अनुसार  दसैं लक्षित  ६ हजार खसी वोका विक्रि भएका थिए । औषतमा प्रति गोटा २० हजारले कारोवार भएको मान्दा १२ करोडको उक्त बजारमा दसैंको नवमीसम्म खसी बोकाको कारोवार भएको थियो ।  

गत बर्ष २४ करोडको खसी बोका कारोवार भएको थियो । १२ सय खसीबाट २४ करोडको कारोवार भएको हो । आर्थिक बन्दीले एक हजार खसी बोका कृषकले विक्रि नभएर घर फर्काएर लगेका थिए । 

कोशी प्रदेशका पहाडी जिल्लाहरु, काठमाण्डौलगायत तराईका विभिन्न शहरमा यहाँबाट खसी बोका जाने गरेको छ । जिल्ला बाहिर निर्यात हुुदा धरान उपमहानगरपालिकाबाट तोकिएका पशू चिकित्सिकबाटले नरोगिताको प्रमाणपत्र सहित निर्यात गरेको । पशू चिकित्सक डा.बिर्खराज राईले चेकजाँच गरेर मात्र खसी बोकाको विक्रि गरिदैं आएको छ । धरान कोशी प्रदेशकै ब्यबस्थित खसी बजारको रुपमा रहेको कृषी उपज बजारले जनाएको छ । पहाडी क्षेत्रमा बाख्रा पालन बढी हुने गरे पछि कोशी प्रदेश खशी बोकाबाट आत्मनिर्भर भएको व्यवस्थापक भट्टराई बताउनु हुन्छ । विगतमा भारतबाट खसी आयत हुने गरेको थियो । तर पछिल्लो समय माउ बाख्रा भारतसमेत निकासी हुने गरेको उहाँले बताउनु भयो ।