धरान  / यस बर्ष धरानको कृषी उपज बजारमा दसैंका लागि आएका खशी बोकाको कारोवार घटेको छ । मुलुकमा आर्थिक मन्दी भएका कारण खशी बोका प्रयाप्त मात्रामा आए पनि कारोवार भने घटेको हो । 

खसी बोका विक्रि नभए पछि कृषकहरुले त्यतिकै फर्काएर घर लगेका छन् । टाडाबाट ल्याइएका खसी बोका नविकेर कृषी बजारको खोरमा राखिएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिनु भयो । 

उहाँका अनुसार गाउँबाट खुसी बोका प्रसस्त आए पनि विक्रि भएनन् । यो दसैंमा २० करोडको खसी बोका कारोवार भएको छ । गत बर्ष १२ सय खसीबाट २४ करोडको कारोवार भएको छ । आर्थिक बन्दीले यो बर्ष चार करोड नोक्सान भएको व्यवसायीहरुले जनाएका छन् । 

कृषकहरुले आफ्ना खसी बोका विक्रि नभएर एक हजार वटा त्यतिकै फुलपातिको भोली पल्टर पर्सी पल्ट घर लिएर गएको व्यवस्थापक भट्टराईले जानकारी दिनु भयो । करिव २ सय खसी भोलीको शुक्रबारे हाटमा सस्तो दाममा भए पनि विक्रिका लागि कृषी बजार मै छाडेका छन् । यस पटक धेरै बाख्रा पालक कृषीको दसैं नआएको उहाँले बताउनु भयो । खसी बेचेर दसै मनाउने सुरले ४ वटा खसी लिएर धरान आउनु भएका धनकुटाका कृषक वीरेन्द्र राईको तनि वटा खसी विक्रि भएन । यस पटकको दसै खल्लो भएको उहाँले बताउनु भयो । उहाँले तीन वटा खसी घर फिर्ता लिएर जानु भएको छ । 

आर्थिक मन्दीको कारण दसैंमा खसी बोको कारोवार अत्यन्त कम भएको व्यवसायी गोपालप्रसाद पराजुलीले बताउनु भयो । धेरै खसी बोका फिर्ता गएको उहाँले बताउनु भयो ।   कतिपय व्यपारीहरुले गाउाबाट किनेर ल्याएको मूल्य भन्दा कम मूल्यमा विक्रि गरेका छन् । कृषी बजारमा अघिल्लो बर्ष प्रतिकेजी ६ सयको हिसावले खरिद विक्रि भएको थियो तर यो बर्ष प्रति केजी ५ सयले दिदा पनि उपभोक्ताहरुले खसी नकिनेको व्यापारी गोविन्द भण्डारीले बताउनु भयो । 

कृषी बजारमा दसैंको बेला उदयपुर, खोटाङ देखि मेची कोरिडोरका पाँचथर र कोशी करिडोरका सबै जिल्लाहरुबाट कृषी बजारमा विक्रि वितरणका लागि कृषकहरुले ल्याउने गरेका छन् । गत वर्ष माग अनुसारको खसी बोका आपूर्ति हुन सकिरहेको थिएन तर यो बर्ष प्रयाप्त खसी बोका आए पनि विक्रि कम भएको कृषी बजारले जनाएको छ ।