धरान /  नेपाल निर्माण व्यवसायी सङ्घ सुनसरीको धरान उपमहानगर शाखा समिति विस्तार गरिएको छ । समितिको अध्यक्षमा सुनसरी उदौग बाणिज्य संघका महासचिव महेन्द्र प्रधान सर्वसम्मत चयन हुनु भएको छ । 

उद्योग वाणिज्य सङ्घको सेमिनार हलमा मङ्गलवार भएको नगर अधिवेशनले प्रधानलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो । ९ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्ष उत्तम कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष विजय तामाङ, महासचिव आशिष कटुवाल, सचिव विश्व लिङथेप, कोषाध्यक्ष नारायण लिम्बु र सदस्यहरू नरेश मगर, प्रकाश थापामगर र जयप्रकाश शर्मा चयन हुनु भएको छ । बाँकी दुई सदस्य पछि समितिले थप्ने जनाइएको छ । 

धरान स्थानीय भवन निर्माण व्यवसायी संघ मात्र थियो । निकै समय पछि संशोधित विधानको व्यवस्था अनुसार धरान उपमहानगर शाखा समिति गठन गर्न अधिवेशन भएको हो । धरानमा हाल ८५ जना निर्माण व्यवसायी तथा फर्म रहेका छन् ।

अधिवेशनमा प्रमुख अतिथि महासङ्घका कोशी प्रदेश समिति अध्यक्ष जनसेवक भण्डारी रहनु भएको थियो । कार्यक्रकमा धरान उपमहानगरपालिका उपप्रमुख आइन्द्रविक्रम बेघा, उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, संघका जिल्ला समितिका अध्यक्ष ऋतीराज कार्की, तत्कालीन धरान नगर समितिका इन्चार्ज दिवस राई, जिल्ला समितिका सचिव तेजकुमार लिम्बु, वरिष्ठ पत्रकार हर्ष सुब्बाले अधिवेशनको सफलताको शुभकामना दिनु भएको थियो ।