धरान । र्याडिकल लाईट नेपाल धरानले आयोजना गरेको धरान स्कुल सिङ्गिङ च्यालेन्ज (२०८१, सिजन(१ मा डिपोट सेकेन्डरी स्कुलका निम्तेन्जी तामाङ बिजेता हुनु भएको छ । 

शनिवार धरान(१५ स्थित सदन सभा हलमा सम्पन्न फाइनलमा १४ प्रतिष्पर्धीहरुलाई पछि पार्दै बिजेता भएका निम्तेन्जिले १० हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।यसैगरी नबोदय बिद्यामन्दिर बोर्डिङका एल्बिन श्रेष्ठ फष्ट रनर अप बन्दै ५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भयो । सियोन स्कुलका सोहन श्रेष्ठ सेकेन्ड रनर अप भएसङ्गै ३ हजार नगद ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भयो । यस्तै पब्लिक मा।बि।फुस्रेका ह्यापिसन लिम्बू थर्ड रनर अप भए । उहाँले १ हजार ५ सय नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भयो । 

    सब टाईटल तर्फ  हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलकी निवा प्रेमी लिम्बुले बेष्ट पफमेन्सको उपाधी प्राप्त गर्नु भयो । केके इन्टरनेसनल स्कुलकी कृषा रामदामले  बेस्ट भोकलको उपाधी जित्दा नेपाल पुलिस स्कुलकी खुशिका दाहालले मोस्ट डिसिप्लिनको उपाधी हात पार्नु भयो ।  ज्ञानकुन्ज रेसिडेन्सियल स्कुलकी स्मृति बस्नेतले मस्ट एक्टिभको उपाधी प्राप्त गरिन भने मेलोडियस भोइसको उपाधी डिपोट सेकेन्डरी स्कुलकी शोनिम बिश्वकर्माले जित्नुभयो । 

 यसैगरी जेनिथ इङ्लिस स्कुलका इस्मान बिश्वकर्माले मोस्ट पङ्चुअलको उपाधी जित्नुभयो । भने बेस्ट सङ सेलेक्सनको उपाधी बुद्ध आदर्श बोर्डिङ स्कुलकी सुम्निमा राईले हात पार्नु भयो । शिक्षा सन्देस सेकेन्डरी स्कुलका लब्युस धमला र स्मृति राईले क्रमशस्बेस्ट रिदम र इन्करेजमेन्ट अवार्ड हात पारे। देउराली चिल्ड्रेन एकेडेमीका पावल देवानले बेस्ट प्रेजेन्टेसनको उपाधी जित्नुभयो । सुमाखरी एकेडेमीकी जेशिका राईले फर्फेक्ट पिचको उपाधी हात पार्नु भयो । 

     प्रतियोगीताका बिजेता र सब टाईटल बिजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि धरान उप(महानगरपालिकाका उप प्रमुख अइन्द्र बिक्रम बेघा, स्कुल सिङ्गिङ च्यालेन्जका सल्लाहकार एबम महेन्द्र बहुमुखी क्याम्पसका उप प्राध्यापक राजेस बिद्रोही, कार्यक्रमका सभाध्याक्ष हिमाल कार्की, किरातेश्वर माविका प्रधानाध्यापक डा. योगेन्द्र पालुङ्वा, प्रतियोगिताका निर्णायकद्वय प्रशान्त शर्मा र प्रीया दोङ तामाङ्लगायतले नगद  पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गर्नु भयो । 

 धरानका स्कुलहरुमा अध्ययनरत बिद्यार्थीहरु भित्र लुकेर रहेको गायन प्रतिभालाई  उजागर गरि सही प्लेटफम प्रदान गर्न स्कुल सिङ्गिङ च्यालेन्जको आयोजना गरिएको र्याडिकल लाईट नेपालका अध्यक्ष तिर्थ कार्कीले जानकारी दिनुृ भयो । 

गत भदौ १९ गते भएको पहिलो अडिसनमा धरान भरिका विभिन्न २८ विद्यालयका ५१ जना प्रतिष्पर्धीमधेबाट ४१ जना दोश्रो चरणमा प्रबेस गरेका थिए। भदै २५ गते भएको दोश्रो अडिसनबाट उत्कृष्ट १५ जना प्रतिष्पर्धीहरु फाईनलमा प्रबेस गरेका थिए। शनिवार भारी वर्षा भए पनि दर्शकहरुको उल्लेख्य मात्रामा उपस्थिति थियो।कार्यक्रमको सन्चालन मोडल एबम कोरियोग्राफर मेरिना तुम्साले गर्नु भएको थियो ।