धरान /   धरान–१२ स्थित धरान मेघा हिमालयन कलेजमा यसै शैक्षिक सत्रमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई एक भव्य कार्यक्रम गरि स्वागत गरेको छ । 

सोमबार कलेजका कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा कक्षा ११ का विद्यार्थीहरूलाई स्वागत गरेका हुन ।  धरान–१५ को किरात याक्थुङ चुम्लुङ भवनमा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्राडा. टङ्कप्रसाद न्यौपाने, स्कुलका अध्यक्ष कैलाश लिम्बू, प्रिन्सिपल भाष्कर पौड्याल, एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, होटल म्यानेजमेन्टका विभागीय प्रमुख पोषण श्रेष्ठलगायतले खदा र अबिर लगाएर कक्षा–११ का विद्यार्थीहरूलाई स्वागत गर्नु भएको थियो । 

 कर्यक्रममा प्रमुख अतिथि न्यौपानेले मेघा हिमालयन कलेज राम्रो व्यवस्थापनका साथ सञ्चालन भएकाले छोटो समयमा नै प्रगति गर्न सफल भएको बताउनु भयो । कार्यक्रममा शिक्षकहरु जीवन न्यौपाने, प्रभाष राजवंशी, किशोर राई, सूर्य अधिकारी, राजेश विद्रोहीलगायतको उपस्थित रहेको थियो । कार्यक्रममा १२ का विद्यार्थीहरूले आकर्षक नृत्य र गीत प्रस्तुत गरी मनोरञ्जन प्रदान दिलाएका थिए ।