धनकुटा । कोशी प्रदेशमा रहेका मतदाता संख्याको न्युनतम १० प्रतिशत पार्टी सदस्यता वृद्धि गर्ने नेकपा एमाले कोशी प्रदेश कमिटीले संकल्प गरेको छ । 

आइतबार धनकुटाको नाम्जेमा भएको नेकपा एमाले कोशी प्रदेश जनसंगठन समन्वय संयन्त्रको कार्याशालामा पार्टीले यस्तो संकल्प गरेको हो । 

पार्टी सदस्यता बढाउन जनसंगठन जिम्मेबार हुने नेकपा एमाले स्थायी कमिटी सदस्य तथा जनसंगठन संगठन संयन्त्रका प्रमुख भानुभक्त ढकालले ुकार्यशालामा उल्लेख गर्नु भयो । 

नेकपा (एमाले) का २३ वटै जनसंगठनहरुका प्रदेश अध्यक्षहरु,पार्टी प्रदेश कमिटीले तोकेका जनसंगठनका इन्चार्जहरु, जिल्ला जनसंगठन समन्वय संयन्त्रका प्रमुख र इन्चार्जहरु सहभागी कार्यशालमा नेता ढकालले अव सबै कमरेडहरु परिभाषित जिम्मेबारीमा लाग्नु विकल्प नभएको बताउनु भयो । पार्टीले तोकेको जिम्मेबारी वहनको आधारमा अव नेता कार्यकर्ताहरुको मूल्याङ्कन हुने बताउदैं काम गर्ने अगाडी बढ्छन् काम नगरि बस्ने छाडिदैं जाने बताउनु भयो ।  

कार्यशालामा पार्टी स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश कमिटी इञ्चार्ज शेरधन राईले पार्टीको जिम्मेवारी लिएर काम नगर्न कसैलाई छुट नभएको बताउनु भयो । सबै नेता कार्यकर्ता पार्टीको विधान, कार्ययोजना अनुसार अगाडी बढ्न उहाँले सुझाव दिनु भयो । अव पार्टी समुदाय र टोलमा केन्द्रित भएको उल्लेख गदैं २०८४ को आम निर्वाचनको सफलता मुख्य विषय बनाउनु पर्ने बताउनु भयो । 

कार्यक्रममा कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले प्रदेशले गरेका गतिविधीबारे जानकारी गराउदैं जिल्ला जिल्लामा नेता कार्यकर्ता परिचालित भई पार्टीको मिसन पुरा गर्न निर्देशन दिनु भयो । प्रदेश कमिटी सचिव राजकुमार भण्डारीले संडठन विस्तार र पार्टीको योजनाबारे जानकारी गराउनु भयो । 

कार्यशालाले जन संगठनहरु सुदृढिकरण र विस्तारको योजना,राजनीतिक तथा वैचारिक कामको योजना, आर्थिक अनुशासन र व्यवस्थापन योजना, जनसरोकारका सवाल र पार्टी नेतृत्व परिचालन योजना र पेशागत समस्याहरुमा पार्टी नेतृत्व परिचालन योजना निर्माण गरेर १४ बुँदे घोषणा पत्रसमेत जारी गरेको छ ।

रणनीतिक योजना यस्तो छ

कार्यशालाले २०८१ मंसिर मसान्त भित्र २३ वटै जनसंगठनको पालिका स्तरमासम्म संगठन निर्माण गर्ने र जनसंगठनलाई गाउँगाउमा पु¥याउने, सबै जनसंगठनका घटक संगठनहरुलाई २०८१ मंसिरसम्म भेला प्रशिक्षण तथा अधिवेशनहरु सम्पन्न गर्ने, सबै जनसंगठनहरुले आगामी २०८१ असोज पहिलो हप्ताभित्र प्रदेश तहका बैठक भेलाहरु सम्पन्न गर्ने । २०८१ पौष र माघ महिनामा टोलसम्म संगठन निर्माण गरिसक्ने योजना निर्माण भएको छ ।

त्यस्तै संगठनलाई आ–आफ्नो वर्ग समूदायको माग र मुद्धामा केन्द्रित गर्नका लागि प्रत्येक जनसंगठनले प्रदेश तहमा न्यूनतम एउटा र प्रत्येक पालिका तहसम्म बहस पैरवी कार्यक्रम सम्पन्न गर्ने, २०८१ साल भित्रमा एक जनसंगठन एक रचनात्मक कार्यक्रम सम्पन्न गर्नें, २०८१ सालको मंसिरसम्म जिल्ला जनसंगठन समन्वय संयन्त्रको आयोजनामा पालिका तहमा श्रमदान कार्यक्रम गर्नें लगायतका कार्यक्रम निर्माण गरिएको छ ।

नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको प्रमुख आतिथ्यता, स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईको आतिथ्यतामा भएको कार्यक्रमको अध्यक्षता जनसंगठन समन्वय संयन्त्र कोशीका प्रमुख कोशीका प्रमुख बाबुराम थापाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेकपा (एमाले) कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जोङ, सचिव राजकुमार भण्डारी, उपचसचिव देवान राई र जलवर्षा राजवंशीलगायतका सहभागी थिए । २३ वटै जनसंगठनका प्रमुख तथा इञ्चार्जहरुले संगठनमा भएका गतिविधीको रिपोटिङसमेत गनुृ  भयो ।