धनकुटा  ।नेकपा एमाले काेशी प्रदेश सदस्य भीमज्वाला राईकाे ट्रेड युनियन इञ्चार्जबाट जिम्मेवारी हेरफेर भए पछि  जनसंगठन समन्वय संयन्त्र काेशी प्रदेशले विदाई गरेकाे  छ ।

नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको उपप्रमुखको जिम्मेवारी पाउनु भए पछि आइतबार नाम्जेमा भएकाे संयन्त्रकाे याेजना कार्यशालामा विदाई  गरेकाे हाे । यससँगै धनकुटाकी सावित्रा राईलाई पनि विदाई गरेकाे छ । उहाँले धनकुटा नगरपालिकाकाे जिम्मेवारी पाउनु भएकाे छ ।

उहाँहरूलाई  नेकपा (एमाले) कोशी प्रदेशको चौथो बैठकले जिम्मेवारी हेरफेर गरेका हाे ।

पत्रकारिता र आमसञ्चारमा एमए गर्नुभएका राई पत्रकार पृष्ठभूमिका हुनुहुन्छ । पत्रकारितासंगै मजदुर आन्दोलनमा स्थापित राई यस अघि प्रेस चौतारी नेपालको सुनसरी अध्यक्ष र पूर्वाञ्चल सचिवको जिम्मेवारी सम्हाल्नु भएका अनुभवि नेता हुनुहन्छ ।