काठमाण्डौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले आफ्ना सदस्यहरुलाई ६ लाख ५० हजार उपचार राहत प्रदान गरेकोछ । जिफन्टले स्थापना गरेको एक्यबद्धता कोषबाट २६ जना विभिन्न रोगबाट ग्रसित सदस्यहरुलाई जनही २५ हजारका दरले उपचार राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
जिफन्टका महासचिव लक्ष्मण शर्माको अध्यक्षतामा भएको बैठकले क्यान्सर पीडित ११ जना, मुटु रोगबाट ग्रसित ५ जना, मृगाला रोगी ५ जना र प्यारालाइसिसबाट थलिएका ५ जना गरि जम्मा २६ जना विभिन्न क्षेत्रका रुमिकहरुलाई उक्त उपचार सहयोग गरिएको हो ।
उपचार राहत पाउनेहरुमा यातायात श्रेत्रका श्रमिकहरु ८ जना, निर्माण क्षेत्र (क्युपेक नेपाल) का ७ जना स्वास्थ्य स्वयमसेवी श्रमिकहरु ४ जना, होटल क्षेत्रका श्रमिकहरु २ जना, उद्योग क्षेत्रमा काम गर्ने श्रमिकहरु ३ जना र घर आधारित श्रमिकहरु २ जना रहेको जिफन्टका महासचिव तथा एक्यबद्धता कोषका अध्यक्ष लक्ष्मण शर्माले बताउनुभयो ।