धरान /  समाजमा जरागाडेर रहेको जातीय छुवाछूत तथा विभेद अन्त्य गर्ने अभियान अन्तर्गत नेकपा एमाले आवद्ध नेपाल उत्पीडित जातीय मुक्ती समाज धरान र अखिल नेपाल महिला संघ धरान उपमहानगर कमिटीले संयुक्त रुपमा तीज उत्सव मनाएको छ ।  आइतबार एक कार्यक्रमको आयोजना गरि तीज उत्सव मनाएको हो । 

नेपालीहरुको संस्कार र संस्कृतिहरु मनाउदै समाजमा हुने विभेदलाई अन्त्य गर्ने अभियान स्वरुप सामाजिक सद्भाव कायम राख्न सामुहिक तीज कार्यक्रमको आयोजना गरिएको मुक्ती समाज धरानका अध्यक्ष कृतमान दर्नालले बताउनु भयो । 

संस्कार र संस्कृतिलाई समयानुकुल रुपान्तरण गर्न यस कार्यक्रमले सन्देश छाडेको धरान उपमहानगरपालिकाकी कार्यपालिका सदस्य तथा अनुमसंघकी सचिव सिर्जना नेपालले बताउनु भयो । कार्यक्रमको प्रमुुख अतिथि धरान उपमहानगरकी पूर्व नगर उपप्रमुख तथा नेकपा एमालेकी केन्द्रिय सदस्य मञ्जु भण्डारी रहनुभएको थियो । 

कार्यक्रममा एमालेका कोशी प्रदेश सचिवालय सदस्य तथा कोशी प्रदेश सभा सदस्य विजयकुमार राई, पूर्व प्रतिनीधि सभा सदस्य जयकुमार राई, संस्थापक प्रदेश सभामुख प्रदिपकुमार भण्डारी, एमाले धरान नगर अध्यक्ष हर्कजङ एभेङ,लगायत प्रदेश, जिल्ला, नगरका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । 

प्रमुख अतिथी भण्डारीले चाडपर्वले समाजमा सकारात्मक सचेतना फैलाउन मद्दत पुग्न सके समाज रुपान्तरणमा महत्वपूर्ण टेवा पुग्ने बताउनु भयो ।  कार्यक्रममा अनेम संघ धरान उपमहानगर कमिटी अध्यक्ष कल्पना शेर्पाले स्वागत गर्नु भयो । औपचारिक कार्यक्रम पछि नेता कार्यकर्ताहरु नाचगान गरेर रमाइलो गरेका थिए ।