धरान  / जिल्ला प्रहरी कार्यालय सुनसरी कार्यालयले आफुमाताहतमा रहेका कार्यालयहरुसँग आर्थिक बर्ष २०८१ । ०८२ को बार्षिक कार्य सम्पादन सम्झौता गराएको छ । 

मंगलबार सबै कार्यालय प्रमुखहरुलाई बोलाएर वार्षिक कार्य सम्पादन सम्झौता बमोजिम सम्झौता पत्रमा हस्ताक्षर गरिएको सुनसरी प्रहरी प्रमुख एसपी विपिन रेग्मीले जानकारी दिनु भयो । 

उहाँका अनुसार कार्यालय प्रमुखहरुले प्रहरी ऐन, नियमावली र प्रचलित कानुनको अधिनमा रही नेपाल प्रहरीको काम कर्तव्य र अधिकार अनुसार आफुले गरेका कार्यहरुको प्रगति विवरण त्रैमासिक, अर्धबार्षिक र बार्षिक रुपमा प्रतिवेदन तयार गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रतिवेदन पेस गर्नु पर्ने छ । सोही कार्य सम्पादन अनुसार कार्यालयको मूल्याङ्कन गरिने कार्यालयले जनाएको छ । 

'हामीले विभिन्न इण्डिकेटरहरु दिएका छौं । त्यही आधारमा अपराध अनुसन्धान, चोरी डकैती, शान्ति सुरक्षा, मुद्धा फछौट गर्ने कामको जिम्मेवारी दिएको छ । २०८२ असार समान्त भित्र प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा बुझाउनु पर्ने हुन्छ ।'- एसपी रेग्मीले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय सुनसरी मातहत इलाका प्रहरी कार्यालय धरान, इटहरी, महेन्द्रनगर, दुहवी, पकली, लौकही र जिल्ला ट्राफिक प्रहरी कार्यालय धरान पर्दछन् । ७ वटा कार्यालयका प्रमुखहरुले सम्झौता गर्नु भएको छ । सोही अवसरमा जिल्लाको शान्ति सुरक्षा मजबुत बनाएउन एसपी रेग्मीले सबै कार्यालय प्रमुखहरुलाई निर्देशनसमेत दिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । इटहरी र धरानमा डिएसपीकाे कमाण्डमा रहेकाे छ । महेन्द्रनगर, दुहवी र पकलीमा इन्पेक्टरले नेतृत्व गर्दै आउनु  भएकाे छ । लाैकहीमा भने सइकाे नेतृत्वमा रहेकाे छ । जिल्ला ट्राफिकमा  इन्पेक्टरले नेतृत्व गर्दै आउनु  भएकाे छ । 

458279620_498757926236339_4526440614459098292_n