धरान । नेकपा  (एमाले) कोशी प्रदेश कमिटीको बैठकले इटहरी उपमहानगरपालिकाका पूर्व मेयर द्वारिकालाल चौधरी प्रदेश सदस्यमा मनोनीत गरेकाे छ । साउन १० को बैठकले चौधरीलाई  सदस्यमा मनाेनित गर्दैं भोक्राह नरसिंह गाउँपालिकाको इन्चार्जको जिम्मेवारी पनि लिएकाे छ । 

तत्यकालिन पार्टी जिल्ला अध्यक्ष रेवती भण्डारीका कारण  २०७९ को निर्वाचनमा माओवादी केन्द्र प्रवेश गरि सुनसरी क्षेत्र नम्बर २ (ख) प्रदेश सभा निर्वाचनमा उठ्नु भएकाे थियाे ।

त्यस यता एमालेकाे राजनीतिमै निष्क्रिय रहँदै आउनु भएका चौधरी जिम्मे वार विहिन रहनु भएकाे थियाे । चौधरीले एमाले पार्टीको आन्तरिक कलह पछि माओवादीबाट उम्मेदवार हुनु भएकाे थियाे । 

एमालेले विभिन्न विभाग, पालिका इन्चार्ज तथा प्रदेश समितिलाई पूर्णता दिएको छ । सोही अनुसार इटहरी उपमहानगरपालिकाको इन्चार्जमा प्रमोद शेर्पा र धरानको इन्चार्जमा विजय राईलाई जिमेमेवारी दिएकाे छ । 

यस्तै बराहक्षेत्र इञ्चार्जमा याेगराज खड्कालाई जिम्मेवारी दिएकाे छ ।

बैठकले विभिन्न विभागहरूसमेत गठन गरेकाे छ । स्कुल विभाग प्रमुख अध्यक्ष धनश्याम खतिवडा, संगठन विभाग प्रमुख राजकुमार भण्डारी,  प्रचार तथा प्रकाशन विभागकाे जिम्मेवारी लक्ष्मण तिवारी र उपप्रमुखमा भीम ज्वालालाई जिम्मेवारी ताेकेकाे छ । बैठकले १३ बुँदे आचार संहितासमेत पारित गरेकाे छ । नेतृत्व विरूद्ध बाेल्न नपाउने सामाजिक सञ्जालमा नेताहरूलाई गाली गलाैज गर्न नपाईने लगायतका  बुँदाहरू रहेका छन् ।