काठमाडौं   । सुनसरीको धरान घर भई हाल काठमाडौमा बस्दै आएका चेलिबेटीहरूले एक विशेष कार्यक्रम गरी तीज पर्व मनाएका छन् ।

काठमाडौंको भिमसेनगोलामा रहेको आनन्द इभेन्ट्स एण्ड मिटिङमा आयोजित शुभकामना आदानप्रदान तथा तीज कार्यक्रममा उल्लेखनीय उपस्थिति रहेको आयोजक ईशा अधिकारीले जानकारी दिनु भयाे ।

‘हामी धराने, काठमाडौं’ को आयोजनामा भएको दर खाने कार्यक्रममा केही व्यक्तिलाई सम्मान पनि गरिएको थियो । ‘धरान घर भएर काठमाडौं र आसपासमा बस्दै आएका मानिससँग भेटघाट गर्ने र आपसी अन्तरक्रिया गर्ने माध्यमको रुपमा यो कार्यक्रमलाई लिएका छौं’ अधिकारीले भन्नु भयाे ।

नारायणदेवी श्रेष्ठको प्रमुख आतिथ्यतामा, राजेन्द्र श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा कार्यक्रम संयोजक शशि शर्मा पौडेल रहनु भएकाे थियाे । कार्यक्रममा डा. छत्र अमात्य, डा. बालकुमारी शर्मा, सीता शर्मा, सविता श्रेष्ठ बेहोसी, स्वेच्छा नेम्वाङ, मथुरा श्रेष्ठ, रमणा श्रेष्ठ, प्राश्ना शाक्यलगायतलाई सम्मान गरिएको थियो  ।