धरान । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले आफुहरुलाई एक वर्षदेखि अलमल्याएको भन्दै सुरक्षा श्रमिक र सफाइ श्रमिकहरु रुष्ट बनेकाछन् । वृद्धि गरेको न्युनतम पारिश्रमिक नपाएको, हेल्थ कार्ड सुविधा कटौती गरेको, पुराना बाँकी रकम नपाएको र जेठ महिनादेखि मासिक तलव समेत रोक्का गरिएपछि मौखिक र लिखित रुपमा पटक पटक ध्यानाकर्षण गराएको भएपनि समस्याको समाधान नभएपछि श्रमिकहरु प्रतिष्ठानसँग रुष्ठ बनेका हुन् । 

बिहिबार प्रतिष्ठान हाताभीत्र नेपाल सफाई कर्मचारी युनियन र नेपाल सुरक्षा श्रमिक ट्रेड युनियनले भेलाको आयोजना गरेर सम्बादबाट समस्याको समाधान नभएको भन्दै आन्दोलनबाट निकास निमाल्ने संकल्प सहित ३५ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरेकोछ ।

बिहिबार बिहान नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष तथा जिफन्ट राष्ट्रिय कमिटी सदस्य भीमज्वाला राईको अगुवाईमा प्रतिष्ठानका भीसी डा. ज्ञानेन्द्र गिरी, रजिष्ट्रार डा. सूर्य संग्रौला र रेक्टर डा. सञ्जीव शर्मासंग संवाद गरिएको थियो । रजिष्ट्रार डा. सूर्य संग्रौलासंग प्रत्येक्ष भेटेर र अन्यसंग फोन सम्बाद गरिएको थियो । सम्बादका क्रममा सबै पदाधिकारीले श्रमिकहरुको समस्या कुनै ठुलो समस्या नभएको आफु सकारात्मक रहेको जनाउँदै अरुका कारणले यो समस्या समाधन नभएको बताएका थिए । 

श्रमिकहरुले अघि सारेका कतिपय समस्याहरु कार्यान्वयन गर्न पर्याप्त कानुनी आधारहरु भएकाले निर्णय गर्न कुनै समस्या नभएको र कतिपय कुराहरु व्यवहारिक हिसावले पनि व्यवस्थापन गर्न सकिने खालका रहेकाले कुनै समस्या नभएको प्रतिष्ठानका पदाधिकारीहरुको तर्क रहेको थियो ।  

प्रतिष्ठानका पदाधिकारीहरुबीचको समन्वयको अभाव र पूर्वाग्रहपूर्ण सम्बनधका कारण श्रमिकहरुलाई एक वर्षदेखि आलटाल गरिरहेको र पदाधिकारीहको कोपभाजनमा श्रमिकहरु परेकाले आन्दोलनको विकल्प नरहेको निष्कर्ष सहित आन्दोलनको तयारी गरिएको मजदुर नेता भीमज्वाला राईले बताए । 

प्रतिष्ठानका अन्य कर्मचारीहरु सरह सुरक्षा र सफाइ श्रमिकहरुले वर्षौदेखि उपयोग गर्दै आइरहेको हेल्थ कार्ड सुविधा विना कारण २०८० साउन १ गतेदेखि बन्द गरिदा श्रमिकहरु र तिनका आश्रित परिवारमा गम्भिर असर परेकाले त्यसलाई निरन्तरता दिनु पर्ने, २०८० साल साउन महिनादेखि लागुहुने गरि नेपाल सरकारले राजपत्रमा प्रकाशित गरि लागु गरेको २ हजा ३ सय बढेको तलव त्तकाल उपलब्ध गराउनु पर्ने, केटिएम सेक्युरिटी कम्पनीले प्रतिष्ठानमा ठेक्का सम्झौतामा काम गरेको समयमा श्रमिकहरुले पाउनुपर्ने १ करोड ५६ लाख ३४ हजार ३ सय १३ रुपैया ३६ पैसा श्रमिकहरुलाई उपलब्ध गराउन श्रम अदालतले चार वर्ष अघि गरेको फैसला कार्यान्वयन गर्नु पर्ने र श्रम ऐन २०७४ अनुसारका सेवा सुविधाहरु श्रमिकहरुले पाउनु पर्ने लगायतका माग राखेर गत जेठ १५ गते भीसी गिरी सहित सबै पदाधिकारीहरुलाई ध्यानाकर्षण पत्र बुझाईएको र त्यही समयमै समस्या समाधान हुने आश्वासन पाएपनि अहिलेसम्म मागहरुको सम्बोधन नभएपछि आन्दोलनमा जानु परेको सुरक्षा श्रमिकका घोपा सचिव प्रविण राईले बताउनु भयाे । 

यो साउन महिनाको मासिक तलव आउँदा हाम्रा विषयहरु सम्बोधन भएर आउँछकी आउँदैन हामी हेर्छौ भीसीलगायतका पदाधिकारीहरुले भन्नु भएजस्तै समस्याको समाधान भए ठिकैछ भएन भने अन्तिम अल्टिमेटमसहित आन्दोलनका कार्यक्रम सार्वजनिक गर्छौँ आन्दोलन परिचालन कमिटीका संयोजक यामकला मग्रातीले भन्नू भयाे । 

आन्दोलन परिचालन कमिटी निर्माण 

संयोजक ः 

१. यामकला मग्राती 

२. रत्न नेम्वाङ 

सदस्य सचिव 

३. प्रविण राई 

आर्थिक विभाग संयोजक 

४. सीता बिक 

५. प्रेम कुवार 

सचिवालय  ः 

६. गणेश लिम्बु

७. जनक सुनुवार 

८. धनबहादुर राई 

९. हेमन्त राई

१०. मुनादेवी बस्नेत 

११. यमुना काफ्ले 

सदस्यहरु ः 

१२. सुरक्षा युनियनका कमिटी १५ जना

१३. सफाइ मजदुर युनियन ११ जना

जम्मा ३५ सदस्यीय