धरान । धरान -१४ स्थित विजयपुरमा अवस्थित नेपालको पवित्र धार्मिक तीर्थस्थल पिण्डेश्वर मन्दिरमा आज साउनको अन्तिम सोमबार करिव ३ लाख भक्तजनहरुले दर्शन गरेका छन् । अन्तिम सोमबार अन्य दिन भन्दा भक्तजनहरुको भीड लागेको पिण्डेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विकास बनेपालीले जानकारी दिनुभयो । 

तिथिले भर्दौ ३ गतेको सोमबारसम्म भेटेनुभएकाले भक्तजनहरुको आगमन नियमित हुने उहाँले बताउनु भयो । गत बर्ष शुक्रअन्ध परेकाले भक्तजनहरुको आगमन अत्यन्त कम भएको तर यो बर्ष बढेको बनेपालीले बताउनु भयो । 

पिण्डेश्वर मन्दिरमा भक्तजनहरुको विश्वास प्रगाढ बन्दैं गएकोले बर्षेनी जल चढाउनेको संख्यामा बृद्धि हुदै गएको पिण्डेश्वर बाबाधाम समितिको दाबी छ । यस मन्दिरमा अमृतपिण्ड पिण्डेश्वरका रूपमा भगवान शंकरको पूजा अर्चना गरिन्छ।

करिब ४२ वर्ष पहिलेबाट धरानको पिण्डेश्वरमा चतराको सप्तककोशीबाट जल ल्याएर चढाउने गरिन्छ । यहाँ एक महिनासम्म बोलबम मेला लाग्दैं आएको छ । मेलासँगै धरानमा धार्मिक पर्यटकहरुको चहलपहल बढेको छ ।  

जल चढाउने भारतको सिक्किम, पूर्णिया, विहार, आसामलगायत स्थानबाट आएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । यस्तै पिण्डेश्वरको विश्वास गरेर नेपालको पश्चिमी जिल्ला बैतडी, बmभाङ, धनगढी, रौतहट, जनकपुरलगायत स्थानबाट भक्तजनहरु आएको अध्यक्ष बनेपालीले जानकारी दिनु भएको छ ।