दार्जिलिङ /  नेपाली साहित्य र साहित्यकारहरुलाई प्रोत्सोहान गदैं आएको घुम दार्जीलिङको इजा प्रकाशनले  साेमबार ११ औं इजा स्मृति दिवस मनाएको छ ।  

दार्जीलिङको नेपाली साहित्य सम्मेलन भवनमा भएको कार्यक्रममा पुरस्कार अलङ्करण, सम्मान एवं पुस्तक लोकार्पण समेत गरिएको छ । ११ बर्ष अघि जन्मनुभएकी स्वं इजाका ११औँ इजा स्मृति दिवसको अवसरमा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम आयोजना गरिएको हो । छोरीको सम्झानामा माता मञ्जुला तामाङ र पिता नवीन सुब्बाले इजा प्रकाशन सुरुवात गर्नु भएको हो । 

उहाँहरुबाट दीप प्रज्ज्वलनसँगै सुरु गरिएको कार्यक्रममा गायक वाङ्गे गुरूङले ईश्वर स्तुति गाइएको थियो । वरिष्ठ साहित्यकार अमला सुब्बा छेत्रीको अध्यक्षतामा सम्पन्न यस कार्यक्रममा मुख्य अतिथि समाजसेवी एवं साहित्यकार विक्रम राई रहनुभएको थियो । अन्य अतिथिहरूमा दार्जिलिङ, सिलगढी, मणिपुर, डुवर्सलगायत विभिन्न स्थानहरूबाट वरिष्ठ साहित्यकारहरू लगायत साहित्य अनुरागीहरूको बाग्लो उपस्थिति रहेको थियो। 

कार्यक्रममा इजा प्रकाशनकी संस्थापिका मञ्जुला तामाङ सुब्बाले आफ्नी छोरी इजालाई सम्झँदै कार्यक्रमको औचित्यबारे प्रकाश पार्नु भएको थियो । उहाँले आफ्नी दिवाङ्गत छोरी इजालाई जन्मदिनको अवसरमा सम्झना गर्दै समर्पित कविता पनि प्रस्तुत गर्दा उपस्थित साहित्यप्रेमीहरुको आँखा रसाएका थिए । कार्यक्रमको अघिल्लो चरणमा वरिष्ठ साहित्यकार प्रेम प्रधानलाई प्रकाशनको तर्फबाट अङ्ग वस्त्र, शीर शोभा, खुकुरी अनि सम्बर्द्धना पत्र प्रदान गरी सम्बर्द्धना जनाइएको थियो । 

यस्तै मञ्जुला तामाङ सुब्बाकृत कथा सङ्ग्रह सम्बन्ध र सम्बोधन को वरिष्ठ साहित्यकारहरूको बाहुलीबाट लोकार्पण गरिएको थियो ।लोकार्पित पुस्तक विषय पुस्तकमा भुमिका समेत लेख्नुभएकी वरिष्ठ साहित्यकार डा. साङ्मु लेप्चाले प्रकाश पार्नु भयो । 

मनिका र राजकुमारलाई यो बर्षको इजा स्मृति युवा साहित्यिक सम्मान पुरस्कार

कलाका विभिन्न विधाका माध्यम समाजमा योगदान पुर्‍याइरहेका व्यक्ति विशेषलाई इजा प्रकाशनले प्रत्येक वर्ष प्रदान गर्ने इजा सम्मानद्वारा यस वर्ष साहित्यकारद्वय मनिका प्रधान गुरूङ र डा. राजकुमार छेत्रीलाई सम्मान गरिएको छ । प्रमुख अतिथि राईले उहाँहरुलाई सम्मान गर्नु  भयो । वरिष्ठ समाजसेवी विक्रम राईले हाम्रो भाषा साहित्यलाई संरक्षण गर्नुपर्ने कुरामा दिँदै कार्यक्रमको सार्थकताबारे पनि प्रकाश पार्नु भयो । साङ्गीतिक कोसेलीको रुपमा गायक वाङ्गे गुरुङ अनि शिक्षक नुरन राई जुदूले आफ्नो ब्यान्डको साथमा नुरन राईकै शब्द अनि सङ्गीतमा रहेको श्रद्धाञ्जली गीत प्रस्तुत गर्दा सभाहल चकमन्न भएको थियो । 

समारोहको प्रमुख आकर्षण दोस्रो इजा स्मृति युवा साहित्यिक सम्मान पुरस्कार -२०२४ प्रदानको कार्यक्रममा साहित्यकार सुमित्रा अविरलले पुरस्कृत स्रष्टा कवि कर्ण विरहको परिचय प्रस्तुत गर्नु भयो । 

ija1