धरान /धरानका मेयर हर्क साम्पाङ र १० राजनीतिक दलहरू विच अन्तत तीन बुदेँ सहमति भएकाे छ ।

दिउसाे २:३० देखि बसेकाे वार्तामा ६ घण्टा पछि सहमति भएकाे हाे ।

माओवादी नेता चाेत्लुङका अनुसार धरान खानेपानी महशुल वृद्धि महशुल तथा शुल्क स्थगित गर्ने, खानेपानी बाेर्डकाे पुर्णता बारे- अदालतकाे फैसला मान्ने र ७ दिन भित्र  बाेर्डकाे हिसाब सार्वजनिक गर्ने सहमति भएकाे छ ।

साम्पाङले आफुखुशी ९ हजार ९ सय प्रतिशतसम्म खानेपानीकाे शुल्क बढाए पछि १० दलहरूले सडक आन्दाेलन गर्दै आएका थिए ।

राती सम्म पनि सहमति नहुने संकेत लेखेर बाहिर बसेका उपभाेक्ता तथा राजनीतिक दलका कार्यकर्ताहरूले उपमहानगरकाे गेट अगाडि माेटरसाइकल तथा ट्याम्पाे राखेर वार्ता टाेलीलाई भित्रै थुनेका थिए । वार्तामा सहमति भएकाे खवर आए पछि गेटमा गरिएकाे अवराेध हटाइएकाे थियाे ।

FB_IMG_1723387777697

FB_IMG_1723387784325j