धरान / धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचार तथा ल्याव सेवामा समय सापेक्ष शुल्क वृद्धि गरेको जनाएको छ । 

केही दिन अघि विजयपुर खवर अनलाइनमा सेवा शुल्क अत्याधिक बढेको भन्ने समाचार आए पछि ध्यानाकर्षण भएको जनाउदैं सामान्य रुपमा वृद्धि भएको जनाएको हो । 

प्रकासित समाचारमा बढेको शुल्कको तथ्याङ्क फरक परे पछि प्रतिष्ठानकी प्रवक्ता प्राडा अन्जु प्रधानले शुल्क वृद्धिबारे प्रस्ट पार्नु भएको छ ।  प्रकासित तथ्याङ्कमा  साधारण(जेनेरल) सेवा अन्र्तगत बढेको शुल्क र पेइङको बढेको शुल्कको तुलना भएको थियो । जेनेरलमा १० देखि १५ प्रतिशत र पेइङमा २० प्रतिशतसम्म बढेको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानकी प्रवक्ता डा. अन्जु प्रधानले जारी गरेको विज्ञप्ति अनुसार युरिक एसिडको जाँचमा १५० बाट १८० बढाइएको छ । पेइङमा भने ३१० बनाइएको छ । हर्नियाको शल्यक्रियाको शुल्क रु. १५ हजारबाट १८ हजार बनाइएको छ । पेइङमा ३६ हजार बनाइएको छ । यस्तै थाइरोइडको शल्यक्रियाको १८ हजारबाट रु. २१ ह्जार ६ सय बनाइएको छ । पेइङमा भने ३६ हजार बनाइएको छ । 

charge_bp

बढ्दो महँगी र अस्पतालको अवस्था अनुसार सामान्य शुल्क वृद्धि भएको प्रतिष्ठानका सहप्रवक्ता डा. अभिजित कुमारले जानकारी दिनु भएको छ । 

प्रतिष्ठानले यही साउन ९ गतेदेखि लागु हुने गरि उपचार सेवा, शल्यक्रिया शुल्क, शैया शुल्क, ल्याव टेष्टलगायतका विभिन्न सेवामा शुल्क वृद्धि गरेको थियो । साउन १ गते बसेको कार्यकारीणी समितिको बैठकले विभिन्न विभागको राय र सुझाव अनुसार शुल्क वृद्धि गरिएको बताइएको छ । 

सरकारले बढाएको तवलसमेत चिकित्सक कर्मचारीलाई खुवाउन नसकेको र प्रतिष्ठानको दैनिक कार्य संचालनका लागि शुल्क वृद्धि आवश्यक भएकाले बढाउन परेको सहप्रवक्ता डा. अभिजीतकुमार बताउनु हुन्छ ।  प्रतिष्ठान आर्थिक रुपमा धरासायी भएको भन्दैं विरामीको सेवामा शुल्क वृद्धि गरेको बताइएको छ ।

आर्थिक मन्दी भइ समस्या भइरहेको बेला शुल्क वृद्धि उचित नभएको सरोकारवालाहरुले बताउदैं आएका छन् । यहाँ हुने चुहावट र आर्थिक अनियमितता रोक्न नसकेर सेवा शुल्क वृद्धि गर्नु उचित नभएको  सराेकारवालाहरुले बताउदै आएका छन् । 

sulk bridhi_bp copy