धरान / सर्वसुलभ सेवा प्रदान गदैं आएको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपचार तथा ल्याव सेवामा अत्याधिक मूल्य वृद्धि गरेको छ ।  यही साउन ९ गतेदेखि लागु हुने गरि उपचार सेवा, शल्यक्रिया शुल्क, शैया शुल्क, ल्याव टेष्टलगायतका विभिन्न सेवामा डब्बल शुल्क वृद्धि गरेको छ । 

प्रतिष्ठानको आर्थिक धरासायी भएको भन्दैं विरामीको सेवामा अत्याधिक मूल्यवृद्धि गरेको हो ।  प्रतिष्ठान प्रशासनले दिएको जानकारी अनुसार २ हजार ३ सय ४० वटा सेवामा शुल्क वृद्धि गरिएको छ । 

सामान्य ब्लडबाट सुगरको जाँचमा रु. ८० बाट रु. १४० बनाइएको छ ।  युरिक एसिडको जाँच रु. १८० बाट रु.३१० बनाएको छ । कलेजोको जाँच रु. १२०० बाट रु. २ हजार ४० बनाइएको छ । कोल्डस्टोलको जाँचमा १५२० बाट  रु. २५९० बनाइएको छ । सबै किसिमका शल्यक्रिया शुल्क(अपरेसन चार्ज)हरु डब्बल मूल्यवृद्धि गरेको पाइएको छ । 

हर्नियाको शल्यक्रिया शुल्क रु. १५ हजारबाट रु. ३० हजार बनाइएको छ । हाडोसिलको रु. १८ हजारबाट रु. ३६ हजार बनाइएको छ । वर्न डेसिङको १२०० बाट रु. २४ सय, थाइराइडको शल्यक्रियाको रु. २१ हजार ६०० बाट रु. ४३ हजार २ सय बनाइएको छ । सिटी स्क्यानको नर्मल रु. ४ हजारबाट रु. ६ हजार बनाएको छ । सबै सिटी स्क्यानका टेष्ट एभरेजमा रु. ४ हजारसम्म बढेको छ । यस्तै शल्यक्रिया शुल्क डब्बल भएको छ ।  बेड शूल्क ३ सय देखि ३ हजारसम्म बढेको छ ।  आइसियु चार्च भने ५ सय देखि एक हजार मात्र बढाइएकाे छ ।

प्रतिष्ठानमा मूल्य वृद्धि होइन चुहावट र अनियमितता रोकौं

विपी प्रतिष्ठान सरकारी स्वामित्वमा रहेको स्वायत्त स्वास्थ्य संस्था हो । यहाँ कोशी तथा मधेश प्रदेश र भारतका विहार राज्यका जनतालाई सर्वसुलभ सेवा दिदैं आएको थियो । पछिल्लो समय यहाँ आउने पदाधिकारीहरुले अनियमितता गर्दा प्रतिष्ठान कर्मचारीहरुलाई तलव पनि खुवाउन नसक्ने अवस्थामा पुगेको थियो । प्रतिष्ठान संचालनमा समस्या भएको भन्दैं केही समय अघि चिकित्सक, कर्मचारीहरुलाई आवासमा प्रदान गदैं आएको सेवा सुविधा पनि कटौती गरेको थियो । पछिल्लो समय भने विरामीले लिने सेवामा पनि शुल्क बढाएको हाे ।  

प्रतिष्ठानले निजी स्वास्थ्य संस्थाको भन्दा महँगो शुल्क बढाउनु उचित नभएको सुनसरी उद्योग बाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बताउनु भयो । डब्बल डब्बलसम्म शुल्क वृद्धि अहिलेको अवस्थामा नागरिकले थेग्न नसक्ने उहाँको भनाई छ । 'कुनै पनि कुराको मूल्य वृद्धि गर्नु भनेको १० देखि २० प्रतिशतसम्म अस्वाभाविक मान्न सकिदैंन तर १०० प्रतिशतसम्मको शुल्क वृद्धि नागरिकले थेग्न सक्दैंन् । प्रतिष्ठानले स्थानीय सरोकारवालासँग पनि समन्वय गरेर काम गर्नु पर्छ ।' -अध्यक्ष श्रेष्ठले भन्नु भयो । प्रतिष्ठानले वृद्धि गरेको शुल्कको विषयमा अध्ययन गरेर संघ अगाडी बढ्ने उहाँले बताउनु भयो । प्रतिष्ठानमा भएको अनियमिकता, चुहावट रोक्न छाडेर जनताको ढाँड सेक्ने गरिको शुल्क वृद्धि न्यायोचित भएको उहाँको भनाई छ । 

यसरी डब्बलसम्म शुल्क बढाइएको हो भने नागरिकले थेग्न नसक्ने धरान उपमहानगरपालिकाका पूर्व नगर प्रमुख मनोजकुमार मेयाम्बोले बताउनु भयो । यस विषयमा यहाँका राजनीतिक दलहरु, नागरिक समाजले चासो देखाउनु पर्ने उहाँको भनाई छ ।  

प्रतिष्ठानमा भएकाे अनियमितता राेक्न सकेकाे छैन् । सामाग्री खरिद भवन निर्माणलगायत काममा अनियमितता हुदै‌ आएकाे छ । बेरुजु पनि बढ्दाे अवस्थामा रहेकाे छ ।

महँगी अनुसारको वृद्धि गरिएको हुन सक्ने प्रतिष्ठानकी प्रवक्त डा. अञ्जु प्रधान बताउनु हुन्छ । बाहिरका अस्पताल जतिकै शुल्क बनाइएको उहाँ बताउनुु हुन्छ ।